arrow

विश्वमा सबैभन्दा बढी बिकेका मोबाइलहरु 

logo
प्रकाशित २०७७ असोज १७ शनिबार
nokia.jpg

काठमाडौं । अहिले प्रायः सबैको हातमा मोबाइल हुन्छ । मोबाइलको कारण विश्व नै साँघुरिएको छ । अहिले विभिन्न कम्पनीहरुले विभिन्न किसिमको फिचर्स भएका फोनहरु ल्याइरहेका छन् । यस्तोमा उनीहरुले व्यापारको उल्लेख्य अंक देखाउने गरेका छन् । तर रमाइलो कुरा के छ भने सामसुङ ग्यालेक्सी, नयाँ आईफोन, साओमी र वानप्लसजस्ता कम्पनीका स्मार्टफोनहरु सबैभन्दा बढी बिक्ने फोनमा पर्दैनन् । 

विश्वका सबैभन्दा बढी बिक्ने स्मार्टफोनहरु यस्ता छन् – 

१. नोकिया ११००

Nokia 1100 (25 करोड़ से ज्यादा बिक्री)

नोकिया ११०० अहिलेसम्मकै सबैभन्दा बढी बिक्ने मोडल हो । यो फोन सन् २००३ मा सार्वजनिक गरिएको थियो । नोकिया ११०० का २५ करोडभन्दा बढी फोनहरु बिक्री भएको छ । 

२. नोकिया १११० 

Nokia 1110 (25 करोड़ के करीब सेल)

यो फोनमा न कुनै क्यामेरा थियो न त कुनै विशेष डिजाइन नै । तैपनि यो फोन २५ करोडको आपपासमा बिक्री भएको छ ।

३.  आईफोन ६ 

iPhone 6 और 6 Plus (22 करोड़ से ज्यादा सेल)

सन् २०१४ मा सार्वजनिक भएको आईफोन ६ र आईफोन ६ प्लसको बिक्री २२ करोड एकाइभन्दा बढी भएको थियो । 

४. नोकिया ३२१० 

Nokia 3210 (15 करोड़ से ज्यादा सेल)

नोकिया ३२१० सन् १९९९ मा सार्वजनिक भएको थियो । त्यतिबेला फोनको प्रयोग फोन गर्न र म्यासेज पठाउनका लागि मात्र गरिन्थ्यो । बलियो सेट र धेरै रङको उपलब्धताको कारण यो फोन १५ करोड एकाइभन्दा बढी बिकेको थियो । 

५. नोकिया १२०० 

Nokia 1200 (15 करोड़ से ज्यादा सेल)

नोकिया १२०० को सबैभन्दा महत्वपूर्ण फिचर यसको ब्याट्रि थियो । यो फोनमा ७ घण्टाको टकटाइम र ३९० घण्टाको स्ट्याण्डबाइ टाइमको ब्याट्रि थियो । यसमा फ्ल्यासलाइट पनि थियो । यो फोन १५ करोड एकाइभन्दा बढी बिकेको थियो । 

६. नोकिया ६६००

Nokia 6600 (15 करोड़ से ज्यादा बिके फोन)

यो फोनमा भने डिजाइन प्रमुख कारण थियो । यो फोन विश्वभर १५ करोडभन्दा बढी बिकेको थियो । सन् २००३ मा यो मोडल बजारमा आउँदा यो हाइ–इन्ड मोडल थियो । 

७. नोकिया ५२३० 

Nokia 5230 (15 करोड़ से ज्यादा सेल)

३.२ इन्चको टचस्क्रिनको साथमा आएको नोकिया ५२३० सुरुवाती स्मार्टफोन थियो । यसमा दुई मेगापिक्सलको क्यामेरा र १२८ एमबीको ¥याम थियो । यो स्मार्टफोनको व्यापार पनि १५ करोडभन्दा बढी भएको थियो । 

८. सामसुङ ई ११००

Samsung E1100 (15 करोड़ के करीब बिक्री)

यो फोन निकै बलियो थियो र ब्याट्रि क्षमताा पनि शानदार थियो । यो फोन २००९ मा सार्वजनिक भएको थियो । यसमा १.५२ इन्चको डिस्प्ले र १ एमबी इन्टर्नल स्टोरेज थियो । यो फोन १५ करोडभन्दा बढी बिकेको थियो । 

९. नोकिया २६०० 

Nokia 2600 (13.5 करोड़ से ज्यादा सेल)

यो फोन २००४ मा आएको थियो । यो फोन पनि निकै बलियो गरी बनाइएको थियो । फोनमा १.५ इन्चको डिस्प्ले थियो । ब्याट्रि पनि निकै टिकाउ हुने किसिमको थियो । यो फोन १३ करोड ५० लाखभन्दा बढी एकाइ बिक्री भएको थियो । 

१०. मोटोरोला राजर भी३ 

Motorola Razr V3 (13 करोड़ से ज्यादा बिक्री)

यो फोन पनि कुनै समयको निकै चलेको फोन हो । यो सबैभन्दा बढी बिक्ने फ्लिप हुने फोन हो । यो फोन १३ करोड एकाइभन्दा बढी बिक्री भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ