arrow

वालुवाटार छिर्‍यो कोरोना, सल्लाहकार रिमाल र थापालाई संक्रमण प्रधानमन्त्री ओली कति सुरक्षित?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १७ शनिबार
kp-oli1.JPG

काठमाडौं। प्रधानमन्त्री केपी ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टी भएको छ । रिमालले आफैले कोरोना पुष्टी भएको जानकारी सामाजिक संजाल ट्वीटरमार्फत जानकारी दिएका छन्। शुक्रवार परिणक्ष गरेका रिमालको शनिवार पोजेटीभ रिपोर्ट आएपछि उनले आफ्नो सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध समेत गरेका छन्। 

प्रेस सल्लाहकार थापाले पनि शुक्रवार गरेको परिक्षणको शनिवार पोजेटीभ रिपोर्ट आएको उल्लेख गर्दै आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीको निकट रहेर काम गर्ने दुई सल्लाहकारलाई कोरोना पुष्टी भएपछि वालुवाटारमा कोरोना चिन्ता बढेको छ। 

प्रधानमन्त्री केपी ओलीले कोरोना संक्रमणबाट वालुवाटारलाई सुरक्षित राख्न निकै सतर्कता अपनाएका भएपनि उनकै नीजि चिकित्सक डा दिव्या सिंह यसअघी नै कोरोना संक्रमित भएकी थिइन। यो पटक भने प्रधानमन्त्रीकै प्रमुख सल्लाहकार रिमाल संक्रमित भएपछि प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा चासो उत्पन्न भएको छ। 

रिमाल संक्रमित भएसँगै प्रधानमन्त्री ओली कोरोना संक्रमणबाट कति सुरक्षित भन्ने आम चासो समेत पैदा भएको छ। रिमालले आफ्नो जानकारी सार्वजनिक गरेपनि प्रधानमन्त्री ओलीको बारेमा भने कुनै जानकारी दिएका छैनन्। प्रधानमन्त्रीसँग निकटमा रहेर काम गर्ने रिमाल संक्रमित भएसँगै उनको सम्पर्कमा आएका प्रधानमन्त्री तथा सचिवालयका सदस्यहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षण गर्ने तयारी वालुवाटारले गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ