arrow

भीमफेदी जाँदै गरेको सुमो सडकबाट खस्यो, दुईको मृत्यु

logo
प्रकाशित २०७७ असोज १८ आइतबार
tata-sumo-gold.jpeg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका– गढीमा आइतबार दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । 

मृतकको हाल सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । उनका अनुसार उक्त दुर्घटनामा परी सुमो चालकसहित तीन जना गम्भीर घाइते भएका छन् ।

 उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उक्त सुमोमा चालकसहित आठ जना सवार थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ