arrow

कांग्रेस नेतामा संक्रमण देखिएपछि सर्‍यो केन्द्रीय कार्यसमितिको बैठक

logo
प्रकाशित २०७७ असोज १८ आइतबार
nc-party-office.png

काठमाडौँ । नेपाली कांग्रेसका केही नेताहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सोमबारका लागि निर्धारित पार्टीको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । 

कांग्रेस केन्द्रीय कार्यालयमा यही असोज १५ गते गरिएको पिसिआर परीक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जङ्गीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठलगायत अन्य विविध जिम्मेवारीमा रहेका केही व्यक्तिहरुमा संक्रमण पुष्टि भएको थियो ।

यसैगरी काठमाडौँ बाहिर परीक्षण गरेका केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजयकुमार चौरसियामा पनि संक्रमण पुष्टि भएकाले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी यही असोज १९ गतेका बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस केन्द्रीय समितिको बैठक यही असोज २५ गते दिउँसो २ बजेका लागि निर्धारित गरिएको समेत उनले बताए । कांग्रेसले संक्रमण देखिएका केन्द्रीय सदस्य, आमन्त्रित सदस्य एवं अन्य सबैको शिघ्र संक्रमण मुक्तिको कामना समेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ