arrow

गृह र पर्यटन मन्त्रालयलाई समितिको यस्तो निर्देशन

logo
प्रकाशित २०७७ असोज १८ आइतबार
antarastriya-samitee.jpg

काठमाडौँ । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिले कोभिड–१९ को संक्रमणबाट जोगिन आवश्यक सुरक्षाका उपायसमेत समाविष्ट विशेष निर्देशिका बनाई जारी गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । 

समितिको आइतबारको बैठकले नागरिक उड्डयनको हालको अवस्था र कोभिडको प्रभावबारे पर्यटनमन्त्रीसँग छलफल गर्दै महामारीका कारण पर्यटन क्षेत्रमा परेको गम्भीर सरको अध्ययन–विश्लेषण गर्दै विशेष निर्देशिकानुरुप विमानस्थल, विमान सेवा र सोसम्बन्धी सेवा तथा होटल व्यवसाय सञ्चालन गर्ने स्थिति बनाउन आग्रह गरेको हो ।

बैठकले राष्ट्रिय हवाई नीति, २०७३ मा समयसापेक्ष अद्यावधिक एवम् संशोधन गरी प्रस्पिर्धाका माध्यमबाट भूमिस्थ प्रबन्धसम्बन्धी निर्णय गर्न पनि पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।
    
उद्धारका लागि हेलिकोप्टरको उडान अनुमतिको अधिकार स्थानीय प्रशासनलाई दिने सम्बन्धमा गृहमन्त्री रामबहादुर थापासँग छलफल गर्दै समितिले उच्च हिमाली क्षेत्रमा गरिने हेलिकोप्टर उडानलाई सहज तुल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 

उच्च हिमाली क्षेत्रमा जोखिमपूर्ण वा आकस्मिक उद्धार गर्नुपर्ने अवस्थामा सम्बन्धित संस्थाको अनुरोध तथा स्थानीय प्रशासनको सिफारिसमा यथाशीघ्र हेलिकोप्टर उडान अनुमति दिने व्यवस्था मिलाउन समितिले गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ