arrow

डा. गाेबिन्द केसीकाे सत्याग्रहमा स्रष्टाहरुकाे ऐक्यबद्वता

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १९ सोमबार
dr-govinda-kc4.jpg

काठमाडौं। प्रा.डा. गोविन्द केसी अहिले १९औं चरणको सत्याग्रहको २२ औं दिन केहि स्रष्टाहरुले उनको मागप्रति ऐक्यबद्धता जनाउँदै जीवनरक्षाको माग गरेका छन् । डा केसीले राखेका मागका सम्बन्धमा सरकारले न कुनै औपचारिक  छलफल नगरेकाे तथा कुनै वार्ता नगरेकाेमा स्रष्टाहरुले आपत्ती जनाएका छन्।

संविधानले निर्दिष्ट गरेकाे नागरिककाे स्वास्थ्य, कर्णाली लगायतका दुरदराजमा अस्पताल खाेल्ने, स्वास्थ क्षेत्रलाई माफियाकाे चंगुलबाट मुक्त गर्न र  सुशासन कायम गराउने बिषयमा एकजना प्रतिष्ठित डाक्टरले लगातार सत्याग्रह गर्न बाध्य हुनुपर्ने अबस्था सृजना हुनु सरकारमा बस्नेहरुका लागि लज्जास्पद बिषय स्रष्टाहरुले बताएका छन् ।

नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव तथा कवि तीर्थ श्रेष्ठ, कवि तथा पत्रकार भाेजराज न्याैपाने, कवि श्रीबाबु कार्की उदास, कवि तथा पत्रकार ठाकुर बेल्वासे, कवि तथा पत्रकार मणि लाेहनी र कवि हेमन्त विवशले एक विज्ञप्ती निकाली एक सत्याग्रहीको मागलाई नजरअन्दाज गर्दा हामी कस्ताे लाेकतन्त्रकाे अभ्यास गरिरहेका छाैं भन्ने गम्भीर प्रश्न उब्जिएको बताएका छन् । 

डा. केसीको निष्ठाको यो लडाइँमा लामो मौनता देखाउँदा सरकारको चरित्र उदाङ्गाे मात्रै भएको छैन सरकार उत्रनै नसक्ने गरि माफियाको चंगुलमा छ भन्ने देखाएको उनीहरुले बताएका छन्।

हरेक सरकार केसीका मुद्दामा लाचार देखिएको उल्लेख गर्दै स्रष्टाहरुले नागरिककाप्रति सरकारी दृष्टिकोण यसैबाट प्रष्ट भएकाे बताएका छन् । स्रष्टाहरुले भनेका छन् ,'स्वास्थ्य शिक्षा र सुशासनमा केन्द्रित भएर सुरु भएको डा. केसीको सत्याग्रह अब देशको सुशासन र समग्र बेथितिको अन्त्यको लागि समेत समर्पित छ । सबै अनियमितता र अन्योलको मुल चुरो भ्रष्टाचार र शासकको बेइमानी नै हो । जसका कारण डाक्टर केसी बारम्बार आफ्नो जीवन दाउमा राखेर निस्वार्थ अहिंसात्मक  सत्याग्रहको हतियार उठाउन बाध्य भएका छन् ।'

'डा. गोविन्द केसीले नेपालीको स्वास्थ , शिक्षा र सुशासनका लागि पटक पटक सत्याग्रह जस्तो जीवन-मरणको अन्तिम अस्त्र प्रयोग गर्नुपर्ने विडम्बना कहिलेसम्म हो ? स्वार्थै-स्वार्थले आक्रान्त समयमा निस्वार्थ रुपमा एकजना नायक अहिंसात्मक आन्दाेलनमा जुटिरहेका छन् ।' स्रष्टाहरुले भनेका छन्, 'उनकाे  यो एकल निष्ठा र इमानको दियोले असल मान्छे र परोपकारी भावना अझै जिवित छ भन्ने आशा जगाउँछ ।' 

स्रष्टाहरुले अहिंसा र शान्तिको मार्गबाट आफूलाई कष्ट दिएर भोक प्यास खपेर जनताको माग सम्बोधन गर्न लगाउने डाक्टर केसीको अभियान स्तुत्य र बन्दनीय रहेको जनाउँदै स्रष्टाहरुले डाक्टर केसीका मागहरु पूरा गर्न र उहाँकाे जीवन रक्षा गर्न हामी स्रष्टाहरु सरकारसंग जाेडदार माग गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ