arrow

सुनको मूल्य ८ सयले बढ्यो, चाँदीको पनि बढ्यो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २० मंगलबार
diamond-gold-jewellery.jpg.jpeg

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्यमा ८ सय रुपैयाँले वृद्धि भएको हो ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँका दरले कारोबार भएको थियो ।

मंगलबार तेजावी सुनको मूल्य पनि बढेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार सोमबार ९३ हजार ६ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको तेजावी सुनको मूल्य मंगलबार ९४ हजार ४ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको महासंघले जानकारी दिएको छ । सोमबार प्रतितोला ११ सय ८० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य मंगलबार २० रुपैयाँ प्रतितोलाका दरले बढ्दै १२ सय रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ