arrow

स्याङ्जाका दुईदर्जन विद्यालयमा पहिरोले पुर्‍यायो क्षती, पहिरोको मुख्य कारण मोटरबाटो

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ असोज २० मंगलबार
School-pahiro-landslide.jpg

स्याङ्जा। स्याङ्जामा साउनबाट असोज महिनासम्म परेको अविरल बर्षाका कारण दुई दर्जन भन्दा बढी विद्यालयमा पहिरोले क्षती पुर्‍याएको छ । कोरोना संक्रमणका बेला पठनपाठन नभएपनि अविरल बर्षाले विद्यालयमा क्षती पुर्‍याएको हो। सरकारले पठनपाठन सुचारु गर्ने निर्णय गर्ने हो भने करिव एक दर्जन विद्यालयमा पढाई संचालन हुन कठिन देखिन्छ ।

११ पालिका रहेको स्याङ्जामा सबैभन्दा बढी विद्यालयको क्षती गल्याङ नगरपालिकामा रहेको छ । वालिङ र पुतलीबजार नगरपालिका, अर्जुनचौपारी र विरुवा गाँउपालिकामा पनि अविरल बर्षाका कारण विद्यालयहरु पहिरोको जोखिममा रहेको स्थानीय पालिकाका शिक्षा शाखाका प्रमुखहरुको भनाई रहेको छ ।

भौगोलिक अवस्था, भिरालो जमिन र सडक सबैभन्दा बढी विद्यालयलाई पहिरोको क्षती पुर्‍याउने कारक देखिएको छ । पुरानो संरचना र कमजोर धरातल पनि विद्यालय पहिरोको जोखिम मोल्न बाध्य छन् । शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख गुरुप्रसाद पौडेलले भने,“स्याङ्जाको अवस्था हेर्दा सबैभन्दा बढी क्षती आधारभुत प्रा.वि.मा भएका छन् ।” माविलाई भन्दा आधारभुत प्राविलाई कक्षा कोठा थोरै भएपनि हुने र जमिन धेरै नचाहिने भएकाले कमजोर धरातलमा निर्माण गर्दा यस्तो समस्या आएको हुनसक्छ पौडेलले भने । विद्यालयकै नजिकबाट सडक खन्ने प्रचलन बढ्दो भएकाले अधिकांश विद्यालय पहिरोको जोखिममा रहेको देखिन्छ । 

संस्थागत विद्यालयका कारण विद्यार्थीको संख्या घट्नुले पनि आधारभुत विद्यालय मर्मतमा कठिनाई हुँदा पुराना विद्यालय पहिरोमा परेको हुन सक्ने शिक्षाविदहरु बताउँछन् । साउनदेखि असोज महिनासम्मको अविरल बर्षादले आँधीखोला गाँउपालिकामा १, अर्जुनचौपारी गाँउपालिकामा १, विरुवा गाँउपालिकामा ३, गल्याङ नगरपालिकामा ४ मावि विद्यालयमा पहिरोले क्षती पुर्‍याएको छ भने,अर्जुनचौपारी गाँउपालिकामा ३, विरुवा गाँउपालिकामा १, वालिङ नगरपालिकामा ५, गल्याङ नगरपालिकामा ९, पुतलीबजार नगरपालिकामा ३, फेदिखोला गाँउपालिकामा २ आधारभुत विद्यालयमा पहिरोले क्षेती पुर्‍याएको शिक्षा शाखाका प्रमुखहरुले बताए ।

सबै विद्यालयहरुलाई सरकारले विद्यालय संचालन गर्न दिनु अगाबै निर्माण सम्पन्न गरी पठनपाठनमा सहजता ल्याउने गरी अगाडी बढेको शिक्षा समन्वयले जनाएको छ । कोरोना संक्रमणका कारण विद्यालय नखुले पनि स्याङ्जामा अनलाईन कक्षा र टोल टोलमा पुगेर शिक्षकहरुले पठनपाठनलाई निरन्तरता दिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ