arrow

इन्डियन प्रिमियर लिगः मुम्बई शीर्ष स्थानमा, राजस्थान पराजित

logo
प्रकाशित २०७७ असोज २१ बुधबार
ipl-mumbai-rohit.jpg

काठमाडौं । मुम्बई इण्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । अबुधाबीमा मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मुम्बई शीर्ष स्थानमा पुगेको हो ।

मुम्बईले दिएको १ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो । जोस बट्लरले ७०, जोफ्रा आर्चरले २४ तथा टम करनले १५ रन बनाए । मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिए । ट्रेन्ट बोल्ट र जेम्स पाटीनसनले २–२ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले ४ विकेटको नोक्सानीमा १ सय ९३ रन बनाएको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादवले नटआउट ७९ रन बनाए । कप्तान रोहित शर्माले ३५ तथा हार्दिक पाण्डेयले नटआउट ३० रन बनाए । राजस्थानका श्रेयस गोपालले २ विकेट लिए । 

अंक तालिका
जितसँगै मुम्बईले ६ खेलमा ८ अंक जोडेको छ । मुम्बईको यो चौंथो जित हो । डिल्ली क्यापिटल्स ५ खेलबाट ८ अंकसहित दोस्रो स्थानमा झरेको छ । 

बैंगलोरको ६ तथा पुछारको पंजाबको २ अंक छ । राजस्थानसहित बाँकी सबै टिमको ४ अंक छ । 

राजस्थानको यो तेस्रो हार हो । राजस्थानले ५ खेलमा ४ अंक जोडेको छ । राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ