arrow

फूर्सदिला एसएसपीलाई ‘घुमुवा’को जिम्मेवारी 

महानिरिक्षक थापालाई प्रतिवेदन बुझाइने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २१ बुधबार
Nepal-police_HQ.jpeg

काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कामविहिन भएर बसेका पाँच एसएसपीलाई देशव्यापी अनुगमनको जिम्मेवारी दिएर पठाइएको छ । प्रहरीको बार्षिक उत्सव आउन दुई साता अघि अनुगमनको नाममा प्रहरी प्रधान कार्यालयले पाँच एसएसपीलाई अघोषित ‘घुमुवा’को रुपमा फिल्डमा खटाएको हो ।

कोरोना संक्रमणपछि नेपाल प्रहरीमा व्यापक असन्तुष्टि पैदा भएको र गुनासाहरु धेरै बढेपछि प्रहरी प्रधानकार्यालयले सातै प्रदेशलाई समेट्नेगरी गुनासा सुन्ने र अनुगमन गर्नेगरी टोली खटाएको भनिएपनि कुन प्रहरी कार्यालयले कस्तो काम गरेको छ भनेर त्यसको अनुगमन गर्ने जिम्मेवारी पनि पाँच एसएसपीलाई दिइएको छ । सो टोलीमा एसएसपीहरु दुर्गा चन्द, केदार ढकाल, देबबहादुर बोगटी, राजेशलाल कर्ण नवराज भट्ट रहेका छन् । उनीहरुको प्रहरी कर्मचारीको गुनासादेखि सेवा प्रवाहको समेत विषयमा अनुगमन गरेर प्रतिवेदन दिनेछन् ।

असोज ३० गते प्रहरीले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । सो अवसरमा देशभरबाट उत्कृष्ट हुने प्रहरी अधिकृतहरुलाई पुरस्कृत गरिने छ । एक डिआइजी कार्यालय, एक एसएसपी कार्यालय एक जिल्ला प्रहरीका कार्यालय, अपराध अनुसन्धानमा उत्कृष्ट हुने प्रहरी अधिकारी र अन्य विभिन्न दुई दर्जन भन्दा बढी प्रहरीलाई स्थापना दिवसमा पुरस्कार दिने कार्यक्रम रहेको छ । हरेक वर्ष यसैगरी अनुगमन टोली खटाएर जिल्ला प्रहरी कार्यालहरुको कार्यप्रगतिको आधारमा पुरस्कृत गरिन्छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अनुगमनका लागि खटिएका एसएसपीहरु जिल्ला दौडाहामा रहेका छन् ।

अनुगमनका लागि खटिएका एसएसपीहरुलाई सम्बन्धित क्षेत्रका प्रहरीहरुले सरुवा बढुवामा चित्त नबुझेको कामको मूल्यांकन नभएको भन्दै  गुनासो गरेका छन् । त्यस्तै विभागिय व्यवहार चित्त नबुझेको, सिनियर प्रहरी अधिकृतबाट समान व्यवहार नभएको, डिउटीमा भेदभाव गरेको, पेलाउने प्रवृत्ति बढेको, ओभरटाइम डिउटी खटाउने गरेको पनि उनीहरुको गुनासो रहेको छ । प्रहरी कर्मचारीहरुबाट आएको गुनासो, सेवाग्राहीबाट आएको गुनासो तथा पुराना अपराध अनुसन्धानका फाइलहरुको विषयमा समेत यो टोलीले आफ्नो आफ्नो तोकिएको क्षेत्रमा पुगेर प्रतिवेदन तयार गर्नेछ र प्रहरी प्रधान कार्यालयमा बुझाउनेछन् ।

सेवाग्राहीमाथि अन्याय भएको, मद्धा शाखाले राम्रो काम नगरेको, कार्यालय प्रमुखले नागरिकका गुनासाहरु वेवास्ता गरेको तथा प्रहरी कर्मचारीहरुका पनि आफ्नै गुनासाहरु रहेको जस्ता विषयमा प्रहरी प्रधान कार्यालयले अध्ययन गर्न सुझाव संकलनकै रुपमा उनीहरुलाई खटाएको हो । प्रहरी महानिरीक्षक शैलेश थापाले फिल्ड खटिने प्रहरीका गुनासालाई पनि सम्बोधन हुने गरी सत्य तथ्य समेटेर प्रतिवेदन तयार पार्न निर्देशन दिएका थिए । सो समितिलाई प्रहरी प्रधान कार्यालयमा निर्देशन दिदै थापाले फिल्डमा खटिने तल्लो तहको गुनासालाई हामीले कुन तहबाट सम्बोधन गर्न सक्छौ त्यसको समेत जानकारी गराउनु भनेर निर्देशन दिएको प्रधान कार्यालय स्रोतले जानकारी दियो । ‘पुराना फाइलहरु के के भैहेका छन्, अपराधको अवस्थाको के कस्तो छ, हिरासतमा थुनुवाहरुले आत्महत्या गरेको अवस्था छ प्रहरीले राम्रा काम गरेनन भन्ने गुनासा छन्, मुद्धा शाखामा बस्नेले पीडितलाई गाली गरेका धेरै गुनासा छन् तिनलाई सुधार गर्न के के गर्नुपर्छ साथै तल्लो तहका प्रहरी कर्मचारीले पनि गुनासा गरिरहेका छन् उनीहरुको गुनासो सम्बोधन कसरी हुन्छ त्यस विषयमा पाँच जना एसएसपीको टोलीलाई गहिरो अध्धयन गरेर प्रतिवेदन पेश गर्न आइजीपी थापाले निर्दैशन दिएका छन्’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो ।

पाँचै जना एसएसपीहरुले आफ्नो आफ्नो क्षेत्रको नागरिकदेखि प्रहरीका समेत सबै प्रकारका गुनासाहरु समेटेर प्रतिवेदन दिनेछन् । प्रहरीमा पनि धेरै प्रकारको गुनासाहरु रहेका छन् । सरुवा बढुवामा चित्त नबुझेको कामको मूल्यांकन नभएको भन्दै जागिर छाडेर जानेको संख्या पनि ह्वात्तै बढेको छ । विभागिय व्यवहार चित्त नबुझेको, सिनियर प्रहरी अधिकृतबाट समान व्यवहार नभएको, डिउटीमा भेदभाव गरेको, पेलाउने प्रवृत्ति बढेको, ओभरटाइम डिउटी खटाउने गरेको भन्दै जागिर छाड्नेको लर्को रहेको बेला प्रहरी प्रधान कार्यालयले अनुगमनका लागि खटाएको हो । विगत सात वर्षको अवधिमा करिब ७ हजार प्रहरीले विभागीय असन्तुष्टि र सरकारी असन्तुष्टिको कारणले जागिर छाडेका थिए । गत पुसमा प्रहरी प्रधान कार्यालयले प्रहरीमा जागिर छाड्ने लर्को नै लागेपछि आन्तरिक रुपमा प्रहरीको समस्या बुझ्न पत्रचार नै गरेको थियो । कोरोना संक्रमणपछि पनि प्रहरीका व्यापक असन्तुष्टि पैदा भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ