arrow

डा.केसी प्रति सरकार अनुदार, जनसम्पर्क समिति अमेरिकाले गर्‍यो भत्सर्ना 

डा.केसीको जीवन जोगाउन माग

logo
प्रकाशित २०७७ असोज २१ बुधबार
dr-kc-bed.JPG

काठमाडौं । अनसनरत डा. गोविन्द केसीले उठाएका जायज मागहरूलाई पूरा गरि जीवन जोगाउन नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाल सरकारसंग माग गरेको छ । मंगलबार नेपाली जनसम्पर्क अधिवेशन तयारी समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले डा.केसीलाई सरकारले प्रस्तुत गरेको ब्यवहार अमानवीय, अपमानजनक र अनुदार भएको ठहर गर्दै, सरकारको यस किसिमको रवैया र दुरव्यवहार प्रति समितिले निन्दा र भत्सर्ना गरेका छन् ।  

समितिले डा.केसीको  स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको प्रति ध्यानाकर्षण जनाएको छ ।  नेपालको चिकित्सा शिक्षामा आमुल सुधारका माग राखि  २० दिन अगाडि जुम्लाबाट शुरू भएको अनशन काठमाण्डौंको शिक्षण अस्पतालमा पुग्दा  अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । 

 'विगतमा अनसनरत डा.के.सीका मागहरूलाई  नेपाली कांग्रेसको पालामा सम्बोधन गर्दै “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, ०७४” जारी गरिएको कुरा सबैलाई सर्वविदितै छ । त्यही अध्यादेशको जगमा टेकेर  अनसनरत डा. केसीको अहिले उठाएका जायज मागहरूलाई पूरा गर्न र उहाँको जीवन जोगाउन  नेपाली जनसम्पर्क समिति अमेरिका नेपाल सरकारसंग जोडदार माग राख्दै, हार्दिक अपिल र आग्रह गर्दछ' विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ