arrow

प्रदेश १ मा ३ सय ४३ कोरोना संक्रमित थप

logo
प्रकाशित २०७७ असोज २१ बुधबार
corona-test-kit.jpg

विराटनगर । पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश १ मा ३४३ जना कोरोना संक्रमित थपिएका छन् ।

 थपिएका संक्रमितमा मोरङमा १६२ मध्ये विराटनगर १३७, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २–२, पाँचथरमा १ र प्रदेश बाहिरका चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

बुधबार थपिएका संक्रमितमा महिला १३६ र पुरुष २०७ छन् भने विराटनगरमा महिला ५७ र पुरुष ८० छन् ।

अहिलेसम्ममा प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या आठ हजार ४४७ पुगेको छ भने बुधबार १० जनासहित चार हजार १३२ जना निको भएर घर फर्किएका छन् । 

पछिल्लो २४ घण्टाका अवधिमा एक हजार ३१० जनासहित अहिलेसम्ममा प्रदेशमा एक लाख ३० हजार ६७१ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ