arrow

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी चिकित्सा शिक्षा स्तानकोत्तर तहको परिक्षा गर्न माग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २१ बुधबार
nepal-medical-association.jpg

काठमाडौं । चिकित्सा शिक्षा आयोगले २७ असोजदेखि चिकित्सा शिक्षा स्नातकोत्तर तहको परिक्षा सञ्चालन गर्ने तयारी गरिरहँदा नेपाल चिकित्सक संघले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सञ्चालन गर्न माग गरेको छ । संघले बुधबार चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई ज्ञापनपत्र बुझाउँदै चिकित्सा शिक्षा सञ्चालन गर्दा कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर सञ्चालन गर्न माग गरेको हो ।

संघले महामारीका समय अस्पतालमा काम गर्ने चिकित्सकहरुमा कोरोना संक्रमण ह्वात्तै बढेको र कोरोनाको विषम परिस्थितिमा परिक्षा हुन गइरहेकोले जोखिमलाई ध्यान दिएर परिक्षा सञ्चालन गर्न तीन बुँदे माग राख्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा विभिन्न अस्पतालमा काम गर्ने चिकित्सकहरुमा कोरोना देखिनुका साथै काठमाडौं उपत्यकाको अवस्था झन गम्भीर रहेको औंल्याउँदै यस्तो अवस्थामा हजारौं परिक्षार्थी एकै ठाउँमा भएर परिक्षामा सामेल हुँदा स्थिति झनै डरलाग्दो हुने लगभग पक्कापक्की भएको उल्लेख गरिएको छ ।

चिकित्सा शिक्षाका हजारौं विद्यार्थी एकै ठाउँ भएर परिक्षामा सहभागि हुँदा संक्रमणको जोखिमलाई ध्यानमा राख्न ज्ञापनपत्र मार्फत माग गरिएको छ । संघले सम्पूर्ण परिक्षार्थीको संक्रमण भए नभएको पुष्टि गर्नुपर्ने र सोको व्यवस्थापन गर्न परिक्षण निशुल्क गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै संक्रमण भएका परिक्षार्थीको उचित यातायात, खाना, बस्न र बेग्लै परिक्षा हलको व्यवस्थापन गर्नुपर्ने र संक्रमणको अवस्थालाई मध्यनजर गर्दै विकेन्द्रिकरण गरी देशैभरि परिक्षा सञ्चालन गर्नुपर्ने माग संघले गरेको छ । संघले गरेका मागहरुको उचित व्यवस्थापन र प्रवर्द्धन गरेर मात्र परिक्षा सञ्चालन गर्न अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ