arrow

इन्डियन प्रिमियर लिगः चेन्नईको खराव लय जारी, कोलकातासँग पराजित 

logo
प्रकाशित २०७७ असोज २२ बिहिबार
ipl-chennai.jpg

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा चेन्नई सुपर किङ्सको खराब लय जारी रहेको छ । चौथो हार बेहोर्ने क्रममा अबुधाबीमा बुधबार राति डिफेन्डिङ रनर अप चेन्नईलाई कोलकाता नाइटर राइडर्सले १० रनले पराजित गयो । 

यो कोलकाताको तेस्रो जित हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेटको नोक्सानीमा १ सय ५७ रन मात्र बनाउन सक्यो । चेन्नईका सेन वाट्सनले ५० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै अम्बाती रायडुले ३० रन जोड्दा फाप डु प्लेसिस र साम करनले १७–१७ रन बनाए । 

कोलकाताका शिवम माभी, भरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १–१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा अलआउट हुँदै १ सय ७० रन बनाएको थियो ।

राहुल त्रिपाठीले ५१ बलमा ८१ रन बनाए । चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए । यस्तै सार्दुल ठाकुर, साम करन र कर्ण शर्माले २–२ विकेट लिए ।

अंक तालिका
जितसँगै कोलकाता लिगको तेस्रो स्थानमा उक्लिएको छ । कोलकाताले ५ खेलमा ६ अंक जोडेको छ ।

चेन्नईको यो चौथो हार हो । ६ खेलमा ४ अंक जोडेको चेन्नई पाँचौ स्थानमा रहेको छ ।

६ खेलबाट ८ अंकको मुम्बई इन्डियन्स शीर्ष स्थानमा छ । ५ खेलबाट ८ अंकको दिल्ली क्यापिटल्स दोस्रो, ५ खेलबाट ६ अंकको रोयल च्यालेन्जर्स बैंगलोर चौथो, सनराइजर्स हैदराबाद ५ खेलबाट ४ अंकसहित छैटौं, ५ खेलबाट ४ अंकको राजस्थान रोयल्स सातौं तथा २ अंकको किंगस इलाभेन पंजाब अन्तिममा छ । 

बिहीबारको खेल
बिहीबार हैदराबाद र पंजाब भिड्ने छन् । खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा बेलुकी ७ः४५ बजे सुरु हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ