arrow

खड्का मृत्युको सत्यतथ्य छानबिनको माग 

logo
प्रकाश बम,
प्रकाशित २०७७ असोज २३ शुक्रबार
gyapan.PNG

डोटी ।  ग्रामिण जलस्रोत ब्यवस्थापन परियोजनामा कार्यरत बिनोद खड्काको मृत्यूको सत्यतथ्य छानबिनको लागि माग गरिएको छ । बिहीबार गैसस महासंघ डोटीले प्रमुख जिल्ला अधिकारीलाई सो घटनाको सत्यतथ्य छानबिनको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । 

खड्काको असोज २० गते बडीकेदार गाउ“पालिकाको बिपीनगरभन्दा अढाईघण्टा टाढा गोलेचौड स्थित  सडक छेउमा बेहोस अवस्थामा फेला परेका थिए । उपचारका लागि धनगढी लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो । 


गैससका अध्यक्ष रघु कठायतद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रर्मा  उनको अकस्मात भएको मृत्यू प्रति आशंका रहेको उल्लेख गरिएको छ । महासंघ डोटीले शंका गर्नु पर्ने ४ वटा आधारहरु समेत उल्लेख गरेको छ ।

मृतक खड्कासंग रहेको मोबाइल घटनास्थलमा प्राप्त नहुनु, मृतक बेहोस अवस्थामा रहेका बेला मोटरसाइकलको चाबि खल्तीमा भेटिनु, राति अबेरसम्म सुतेको मान्छे बिहान ५ भन्दा अगाढी उठेर एक्लै मोटरसाइकल चलाएर जानु तथा मोटरसाइकलको पछिल्लो टायरको छाप नदेखिदा घटना शंकास्पद रहेको बताइएको छ ।   

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराईले सत्यतथ्य छानबिनमा जोड दिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ