arrow

उपत्यकामा चौध सय नौ संक्रमित, देशभर थप दश जनाको मृत्यु

logo
प्रकाशित २०७७ असोज २३ शुक्रबार
ministry-covid-corona-press-meet.jpg

काठमाडौँ ।  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा चौध सय नौ कोरोना संक्रमित भेटिएका छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौँमा एक हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ संक्रमित थपिएका छन् ।

योसँगै काठमाडौँ उपत्यकामा कोराना संक्रमितको सङ्ख्या ३३ हजार ७७१ पुगेको छ । संक्रमितको सङ्ख्या काठमाडौँमा ३० हजार ४९७, ललितपुरमा चार हजार १७४ तथा भक्तपुरमा तीन हजार ४९ पुगेको छ । 

साथै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कूल संक्रमितको सङ्ख्या एक लाख ६७६ पुगेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार २४ घण्टामा नेपालमा कोरोनाबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ पुरुष र एक महिला छन् । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६०० पुगेको छ । 

 झापामा २९ र ५२ वर्षीय पुरुष, सुनसरीमा ४६, ५२ र ६८ वर्षीय पुरुष, काठमाडौँमा ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष, ललितपुरमा ८४ वर्षीय पुरुष तथा रुपन्देहीमा ४७ र ८४ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर २७ हजार ५३ जना सक्रिय संक्रमित छन् । देशभर ११ हजार १७६ जना संस्थागत आइसोलेशनमा तथा १५ हजार ८७७ जना होम आइसोलेशनमा रहेका स्वास्थ्य मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

 पछिल्लो २४ घण्टामा १३ हजार २७९ जनाको पिसिआर परीक्षण गरिएको थियो । योसहित नेपालमा हालसम्म ११ लाख ४५ हजार २३७ जनाको पिसिआर परीक्षण गरिएको छ ।

हाल देशभर चार हजार ३०७ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६८० संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै देशभर ७३ हजार २३ संक्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार २७९ जनाको पिसिआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ