arrow

उपत्यकामा चौध सय सोह्र संक्रमित, आठ जनाको मृत्यु

२ हजार ७१ जना संक्रमित थपिए, २२ जनाको मृत्यु

logo
प्रकाशित २०७७ असोज २५ आइतबार
corona-nepal-ministry.JPG

काठमाडौं ।  गत २४ घण्टामा काठमाडौं उपत्यकाभित्र थप  चौध सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै देशभर २ हजार ७१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए।  प्रवक्ता गौतमका अनुसार  काठमाडौंमा ११ सय ४५, ललितपुरमा १ सय ६१ र भक्तपुरमा १ सय १० जना संक्रमित थपिएका हुन् ।
    
हालसम्म देशभरि जम्मा सक्रिय संक्रमितहरुको सङ्ख्या ३१ हजार ३१५ छ । संस्थागत आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या १३ हजार ६४९ छ । प्रदेश १ मा एक हजार २९९, प्रदेश २ मा ६२०, बाग्मती प्रदेशमा नौ हजार ३०८, गण्डकी प्रदेशमा ६२५, लुम्विनी प्रदेशमा एक हजार  १६९, कर्णाली प्रदेशमा ४७५ र सुदूरपश्चिम प्रदेशमा १५३ जना गरी जम्मा १३ हजार ६४९ जना छन् । प्रवक्ता गौतमले भने, “होमआइसोलेशनमा रहेका व्यक्तिको सङ्ख्या प्रदेश १ मा दुई हजार १८७, प्रदेश २ मा  ५३४, बाग्मती प्रदेशमा ११ हजार ५२१, गण्डकी प्रदेशमा ५८०, लुम्विनी प्रदेशमा एक हजार ८४७, कर्णाली प्रदेशमा ४२६, सुदूरपश्चिम प्रदेशमा ५७१ जना गरी जम्मा १७  हजार ६६६ जना छन् ।”
    
गत २४ घण्टामा गरिएको पिसिआर १२ हजार ४२७ मा गरिएको छ । त्यो सँगै हालसम्म ११  लाख ६७ हजार ९८४ को परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या चार हजार ६१३ छ । प्रदेशअनुसार प्रदेश १ मा ४२९, प्रदेश २ मा १२८, बाग्मती प्रदेशमा ३८३, गण्डकी प्रदेशमा ६११, लुम्विनी  एक हजार ४७४, कर्णाली प्रदेशमा ४९२ र सुदूरपश्चिम प्रदेशमा एक हजार ९६ जना छन् । संक्रमण मुक्त भई हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ७५ हजार ८०४ जना छन् । 
     

गत २४ घण्टामा कोभिड-१९ मुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ५५२ जना रहेको जानकारी दिए ।  कोभिड-१९ बाट मुक्त हुनेको सङ्ख्या ७०.४ प्रतिशत छ । देशैभरि आइसियुमा उपचाररत बिरामीको सङ्ख्या ३२९ र भेन्टिलेटरमा उपचाररतको सङ्ख्या जम्मा ७६ रहेको छ ।

कोरोनाबाट २२ जनाको  मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र १७ पुरुष रहेका छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ । जसमध्ये काठमाडौं उपत्यकामा ८ जना रहेका छन् ।  काठमाडौंमा ६६ वर्षिया महिला, ६० वर्षिय पुरुष, ७० वर्षिय पुरुष, ७५ वर्षिय पुरुष र ८३ वर्षिय पुरुषको मृत्यु भएको छ । साथै ललितपुरमा ४९ वर्षिय पुरुष, भक्तपुरमा ४४ वर्षिय पुरुष र ५७ वर्षिय पुरुषको मृत्यु भएको छ ।

यसैगरी चितवनमा एक ७५ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै एक उमेर नखुलेका पुरुष, ४७ वर्षिय पुरुष र ९८ वर्षिय पुरुषको मृत्यु भएको छ । सुनसरीमा ६२ वर्षिया महिला, ६५ वर्षि पुरुष, धनकुटामा ६१ वर्षिया महिला, सर्लाहीमा ३८ वर्षिय पुरुष मकवनपुरमा ८५ वर्षिया महिला सिन्धुपाल्चोकमा ६३ वर्षिय पुरुषको मृत्यु भएको छ । अरु नुवाकोटमा ७७ वर्षिय पुरुष, रुपन्देहीमा ६० वर्षिय पुरुष, ६१ वर्षिय पुरुष र ८४ वर्षिय पुरुषको मृत्यु भएको छ ।

आइतबारसम्म ५०० भन्दा बढी संक्रमित रहेको जिल्लामा मोरङ, सुनसरी, सुर्खेत, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् भने कोभिड-१९ शून्य भएका जिल्लामा मनाङ र मुस्ताङ छन् । विश्वमा हालसम्म तीन करोड ७५ लाख आठ हजार १४१ जना व्यक्ति कोभिड-१९ बाट संक्रमित हुनु भएको छ भने निको हुनेको सङ्ख्या दुई करोड ८१ लाख ४८ हजार ८१ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ