arrow

चीनको गरिबी नियन्त्रण अभियान: पाँच करोडभन्दा गरिबीबाट मुक्त

logo
सिन्ह्वा,
प्रकाशित २०७७ असोज २५ आइतबार
china-beijing.jpg

बेइजिङ, चीन । तेह्रौं पञ्चवर्षीय योजना’ को अवधिमा चीनका पाँच करोडभन्दा बढी ग्रामीण वस्तीलाई गरिबीबाट मुक्त भएका गरिब जनता पूर्ण रुपमा गरिबीबाट मुक्त भएका राष्ट्रिय गरीबी तथा जनसङ्ख्या ब्युरोको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

सन् २०१६ मा चीनमा गरीबी दर ४.५ प्रतिशत थियो भने सन् २०१९ मा त्यो घटेर ०.६ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएको छ । चालु वर्ष समग्र क्षेत्रमा गरीबी पूर्णतया उन्मुलन गर्ने चीन सरकार र खासगरी राष्ट्रपति सी चिनफिङको योजनामा चीनले सफलता पाएको अधिकारीहरूले बताएका छन् ।
 
‘तेह्रौँ पञ्चवर्षीय योजना’ को अवधिमा चीनमा गरीबहरूको आम्दानीमा व्यापक वृद्धि भएका ब्युरोको दावी छ । तथ्याङ्क अनुसार गरिब जनसङ्ख्याको प्रतिव्यक्ति आय सन् २०१६ मा चार हजार १४२ युआन रहेकोमा सन् २०१९ मा बढेर नौ हजार ५७ युआन पुगेको छ । 

आयको औसत वार्षिक वृद्धि ३० प्रतिशत पुगेको छ भने चीनमा गरिबहरूको आय संरचना अझ अनुकूलित गरिएको छ र आफैँमा गरीबीबाट बच्न सक्ने क्षमता निरन्तर सुधारिएको छ ।

चालु वर्ष गरीबी निवारणको व्यापक लक्ष्य पूरा भएपछि चीनले सन् २०३० का लागि दिगो विकास कार्यक्रमअन्तर्गतको संयुक्त राष्ट्र संघको एजेन्डाको गरीबी निवारण लक्ष्य १० बर्ष अघि नै पूरा गर्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ