arrow

मिर्गौला पिडित पुरुषको कोरोनाबाट मृत्यु

logo
प्रकाशित २०७७ असोज २६ सोमबार
Dead_Body.jpg.jpeg

मोरङ । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारत एक कोरोना संक्रमितको आइतबार बिहान मृत्यु भएको छ । 

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनका नारायण दाहालले जानकारी दिए ।

 मृतकलाई स्वास्थ्यमा समस्या भएपछि आइतबार उपचारका लागि अस्पतालमा ल्याइएको थियो ।

 ती पुरुषले केही वर्षदेखि मिर्गौलाको नियमित डाइलोसिस गराउँदै आएका थिए । प्रदेश नं १ मा कोरोना संक्रमितको मृत्युको सङ्ख्या अहिलेसम्म १०३ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ