arrow

दोस्रो लहरमा युरोप, उच्च संक्रमणमा यी मुलुक

logo
एएफपी,
प्रकाशित २०७७ असोज २६ सोमबार
spain-corona-virus.jpg

न्युर्योक । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ७९ लाख  ९१ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय सोमबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १९ हजार नाघेको छ ।

कोरोना संक्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ७१ लाख २० हजार भन्दा बढी संक्रमित भएका र यस संक्रमणबाट एक लाख ९ हजार जनाको मृत्यु भईसकेको छ । 

कोरोना संक्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा संक्रमितको संख्या ५० लाख ९४ हजार नाघेको छ । संक्रमणको कारण एक लाख ५० हजार भन्दा बढीको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १३ लाख १२ हजार भन्दा बढी संक्रमित रहेका छन् भने २२ हजार  ७२२ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।
 
कोलम्बियामा ९ लाख ११ हजार ३१६ जना कोरोना भाइरस संक्रमित भएका छन् भने २७ हजार ८३४ जनाको मृत्यु भएको छ । अर्जेन्टिना ८ लाख ९४ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने २३ हजार ८६८ जनाको मृत्यु भएको छ । 

स्पेनमा ८ लाख ९० हजार ३६७ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भन ३२ हजार ९२९ जनाको मृत्यु भएको छ ।पेरुमा ८ लाख ४९ हजार ३७१ मा व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ३३ हजार ३०५ जनाको मृत्यु भएको छ । 

मेक्सिकोमा ८ लाख ३७ हजार ७८१ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ८३ हजार ७८१ जनाको मृत्यु भएको छ ।

फ्रान्समा ७ लाख ३४ हजार ९७४ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ३२ हजार ६८३ जनाको मृत्यु भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ८१ हजार ७०९ जना पुगेको छ । 

 यस भाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ७७ लाख ७९ हजार पुगेको छ  । कूल संक्रमितमध्ये दुई करोड ८३ लाख ३६७ हजार भन्दा बढी हजार निको छन् भने करिब ८२ लाख ८२ हजार मानिस सक्रिय संक्रमित छन् । विश्वभर अझै पनि ६८ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ