arrow

बिहार चुनावः लालु यादवका छोरा तेजप्रतापका सम्बन्ध विच्छेदसहित पाँच घटना 

logo
प्रकाशित २०७७ असोज २८ बुधबार
tej-pratap-yadav-lalu-son.jpg

काठमाडौं । भारतको बिहार राज्यमा चुनावको चर्चा चुलिएको छ । त्यसमा पनि लामो समय एकछत्र राज गरेका लालु यादव यतिबेला छायाँमा छन् । तर उनका छोरा तेजप्रताप यादवको चर्चा भने यद्यपि छ । 

उनी निकै चर्चित छन् बिहारमा । नामदेखि बदनाम यिनकै नाममा छ । बिहारका मुख्य मन्त्रीद्धय लालु यादव र राबडी देवीका जेठा छोरा भएकाले पनि उनी चर्चामा आइरहन्छन् । 

उनी २५ वर्षको उमेरमै विधायक बनेका थिए । उनी दोस्रो पटक चुनाव लड्दै छन् । पहिलो पटक महुवाबाट चुनाव लडेका तेजप्रताप यसपालि असनपुरबाट चुनाव लड्दै छन् । 

उनले मंगलबार मनोनयन दर्ता गरेका छन् । उनको सम्पत्ति पाँच वर्षमा ८३ लाख भारु बढेको बताइएको छ । सन् २०१५ मा उनीसँग २ करोड रुपैयाँको सम्पत्ति रहेकामा यसपटक २ करोड ८३ लाख भारु रहेको उल्लेख गरेका छन् । 

गाडीको मूल्य हरेक वर्ष घट्दै जान्छ तर उनको गाडीको मूल्य एक रुपैयाँ पनि घटाइएको छैन । सीबीआर १००० आरआर बाइकको मूल्य १५ लाख ४६ हजार भारु अर्थात करिब २४ लाख नेपाली रुपैयाँ । त्यस्तै २९ लाख ४३ हजार भारुको बीएमडब्ल्यू गाडीको मूल्य सन् २०१५ मा पनि त्यत्ति नै राखिएको थियो । 

उनीमाथि पाँच वटा आपराधिक घटना जोडिएका छन् । एक मामला सम्बन्ध विच्छेदको रहेको छ । पहिलो चुनावका बेलामा भने एउटामा घटना बाहिर आएको थियो । उनका एउटा घरेलु हिँसा, डिजास्टर म्यानेजमेन्ट एक्ट, इपिडिमिक डिजिज भ्वाइलेसन र आम्र्स एक्टको मामिलामा मुद्दा पनि चलिरहेको छ । 

तेजप्रतापको बिहे सन् २०१८ को १२ मेमा भएको थियो । ऐश्वर्या रायसँग भएको बिहे धेरै टिकेन । ऐश्वर्या ८ पटक विधायक बनेका चन्द्रिका रायकी छोरी हुन् । 

यो सम्बन्ध बिग्रिएसँगै चन्द्रिकाले राजद छोडेर जदयू पार्टीमा आवद्धता जनाए र अहिले परसाबाट जदयूको सिटमा चुनाव लड्दै छन् । (एजेन्सीको सहयोगमा) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ