arrow

पेरिस आक्रमणका मास्टरमाइन्ड अबाउद मारिएको पुष्टी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
331172328.jpeg
एजेन्सी । पेरिस आक्रमणका संदिग्ध मास्टरमाइन्ड भनिएका अब्देल हमिद अबाउद सुरक्षा कारबाहीमा मारिएका छन् । अधिकारीहरुले अबाउद बुधवारको प्रहरी कारबाहिमा मारिएको र शव पहिचान गर्दा उनी नै भएको पुष्टी गरेका छन् ।  अबाउदको औंठाछापबाट उनको पहिचान भएको हो ।
 
उनी बुधबार पेरिसको सेन्ट डेनिस क्षेत्रमा भएको सुरक्षा कारबाहीमा मारिएको पुष्टी भएको हो । गएको शुक्रबार पेरिसका विभिन्न स्थानमा भएका आक्रमणमा एक सय २९ जनाको मृत्यु भएको थियो भने तीन सय ५० बढी घाइते भएका थिए । प्रहरी अधिकारीले मोरक्को मूलका २७ बर्षीय बेल्जियम नागरिक अब्देल हमिद अबाउद कट्टरपन्थी अतिवादी संगठन इस्लामिक स्टेट (आईएस)का सदस्य रहेको बताएका छन् । 
 
अबाउदको पालन पोषण ब्रसेल्सको एक जिल्ला मोलिनबिकमा भएको बताइन्छ । जहाँ ठूलो संख्यामा अरब आप्रवासी बसोबास गर्दछन् । त्यहाँ रोजगारी र आवासको चरम समस्या छ । प्रहरीका अनुसार अबाउद उस सलाह अब्देसलामका साथी फरार रहेको र फरार संदिग्धका भाई ब्राहिमले पेरिसमा आत्मघाती विष्फोट गराएका थिए । 
 
ब्राहिम बाहेक उनले गराएको आत्मघाती हमलामा कसैको मृत्यु नभएको र अन्य ६ आत्मघाती आक्रमणकारीले विभिन्न स्थानमा विष्फोट गराएका थिए । अबाउद र अब्देसलाम दुवैले सन् २०१० मा बेल्जियममा सशस्त्र डकैतीको सजाय काटेका थिए । सन् २०१३ को शुरुआतमा अबाउद उर्फ अबु उमर अल बल्जिकी आइएसमा आवद्ध भएका थिए । 
 
चरमपन्थी कहिले बने भन्ने बारे भने यकिन नभएको बताईएको छ । यस्तै, टेलिस ट्रेनमा भएको चरमपन्थी हमलासंग समेत अबाउदको संलग्नता रहेकोे मानिन्छ । अबाउद जिहादप्रति पूर्ण समर्पित हुन् । उनले आफ्ना १३ वर्षीय भाईलाई समेत सिरियामा आफुलाई साथ दिन मन्जुर गराएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ