arrow

कांग्रेस नेता शिव अधिकारीले गरे अस्पताल बनाउन सात रोपनी जग्गादान

logo
प्रकाशित २०७७ असोज २९ बिहिबार
shiva-adhikari.jpg

नुवाकोट । सुविधाजनक अस्पताल नहुँदा नुवाकोटको सूर्यगढी गाउँपालिकाका नागरिकहरु सामान्य स्वास्थ्य समस्या हुँदा पनि सदरमुकाम तथा राजधानी जानुपर्ने वाध्यता अब अन्य हुने भएको छ । गाउँपालिकाको आफ्नो जग्गा नहुदा भवन निर्माण अन्योल भैरहेको बेला नेपाली कांग्रेसका महासमिति सदस्य एवं साविक बागेश्वरी गाविसका उपाध्यक्ष शिवप्रसाद अधिकारी र उनका भाइ नवराज अधिकारीले सूर्यगढी गाउँपालिकालाई बुधबार ७ रोपनी जग्गा दान गरेका हुन् । 

यससँगै अब सूर्यगढी गाउँपालिकामा अस्पताल निर्माण हुने निश्चिति भएको छ । सूर्यगढी गाउँपालिका केन्द्र नजिकै वडा नम्बर २ भदौरेमा रहेको उक्त जग्गा बुधबार नुवाकोट मालपोत कार्यालयमा रजिस्टेसन पास गरी गाउँपालिका लाई हस्तान्तरण गरेका हुन् । 

जग्गा दान गरेकामा अधिकारी दाजुभाइलाई गाउँपालिकाको तर्फबाट धन्यवाद दिँदै अब चाँडै नै १० शैय्याको अस्पताल निर्माण हुने गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिए । 

गाउँपालिकाका इन्जिनियर सुवास अधिकारीका अनुसार उक्त अस्पताल करिब ४ करोड लागतमा निर्माण हुनेछ ।
 
आफूले लोकप्रियताको लागि नभई त्यस भेगको जनताको सुविधाको लागि आफूसित भएको जग्गा उपलब्ध गराएको जग्गादाता एवं कांग्रेस महासमिति सदस्य शिवप्रसाद अधिकारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ