arrow

गिरफ्तार गरिएका विद्यार्थी नेतालाई तुरुन्त रिहा गर्न नेविसंघको माग

logo
प्रकाशित २०७७ असोज २९ बिहिबार
nepal-student-union.jpg.jpeg.jpeg

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मध्य पश्चिम विश्वविद्यालयबाट गिरफ्तार गरिएका  विद्यार्थी नेताहरुलाई तुरुन्त रिहा गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विहीबार एक विज्ञप्ति जारी गरी   गिरफतार गरिएका सम्पूर्ण विद्यार्थी नेताहरुलाई तुरुन्त रिहा गर्न माग गरेका छन् ।

घाईते भएका विद्यार्थी नेताहरु अनिल शाही, सबिन चालिसे, रोशन कटवाल र सुरेन्द्र काफ्ले लगायतका विद्यार्थी नेताहरुलाई उपचार गर्नुका सट्टा उल्टै प्रहरीले गिरफ्तार गरेको हो । 

चैत्र यता विश्व विद्यालय बन्द रहेकाले यस अवधिको शुल्क विद्यार्थीले तिर्न नपर्ने व्यवस्था गर भन्ने लगायतका विद्यार्थीका समस्याहरु उठान गर्दैगर्दा निवर्तमान के.स. अनिल शाही लगायत सबिन चालिसे, सुरेन्द्र काफ्ले, रोशन कटवाल, सुरेन्द्र जैसी र राजकुमार घिमिरे माथि सांघातिक आक्रमण भएको घटनाको नेविसंघले भत्सर्ना गरेको। उक्त आक्रमणमा संलग्न भाडाका गुण्डाहरु र प्रहरी माथि कडा भन्दा कडा कार्वाही गर्न गृह प्रशासन सँग जोडदार माग गरेको छ ।

अन्यथा उपकुलपतीले मच्चाएको सत्ता आतंक तथा प्रहरी संरक्षित गुण्डागर्दीविरुद्ध कडा आन्दोलनमा उत्रने  नेविसंघको चेतावनी छ ।
प्रेस विज्ञप्ती

मध्य पश्चिम विश्वविद्यालयका उपकुलपतीलाई विद्यार्थीका समस्याहरु तथा शैक्षिक मुद्दाहरु उपर ध्यानाकार्षण गराउन जाँदै गर्दा भाडाका गुण्डाहरु प्रयोग गरी तथा प्रहरी समेत लगाई विद्यार्थी नेताहरु माथी निर्घात कुटपिटको घटनाले हामी स्तब्ध भएका छौं । चैत्र यता विश्व विद्यालय बन्द रहेकाले यस अवधिको शुल्क विद्यार्थीले तिर्न नपर्ने व्यवस्था गर भन्ने लगायतका विद्यार्थीका समस्याहरु उठान गर्दैगर्दा निवर्तमान के.स. अनिल शाही लगायत सबिन चालिसे, सुरेन्द्र काफ्ले, रोशन कटवाल, सुरेन्द्र जैसी र राजकुमार घिमिरे माथि सांघातिक आक्रमण भएको घटनाको हामी घोर भत्सर्ना गर्दछौं । उक्त आक्रमणमा संलग्न भाडाका गुण्डाहरु र प्रहरी माथि कडा भन्दा कडा कार्वाही गर्न गृह प्रशासन सँग जोडदार माग गर्दछौं ।

यसै गरी सत्ताको चरम दुरुपयोग गर्दै उपकुलपतीको ईसारामा घाईते भएका विद्यार्थी नेताहरु अनिल शाही, सबिन चालिसे, रोशन कटवाल र सुरेन्द्र काफ्ले लगायतका विद्यार्थी नेताहरुलाई उपचार गर्नुका सट्टा उल्टै प्रहरीले गिरफ्तार गरी लगेको घटनाको घोर निन्दा र भत्सर्ना गर्दछौं । गिरफ्रता गरिएका सम्पूर्ण विद्यार्थी नेताहरुलाई तुरुन्त रिहा गर्न जोडदार माग गर्दछौं । अन्यथा उपकुलपतीले मच्चाएको सत्ता आतंक तथा प्रहरी संरक्षित गुण्डागर्दी विरुद्ध कडा आन्दोलन गर्न वाध्य हुनेछौं ।

राजिव ढुंगाना
अध्यक्ष 
नेविसंघ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ