arrow

सिन्धुपाल्चोकमै अर्को धक्का

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1685373725.jpeg

काठमाडौं । बिहानै ५ दशमलव ३ रेक्टर स्केलको पराकम्पनको धक्का दिएको सिन्धुपाल्चोकमा साँझ फेरि अर्को धक्का दिएको छ । साँझ ५ बजेर ४४ मिनेटमा सिन्धुपाल्चोकको राम्चे नजिकै अरनिको राजमार्ग छेउमै केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

यसअघि बिहान १० बजे निम्लुङ नजिकै केन्द्रविन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको  पराकम्पन आएको थियो । वैशाख १२ को ‘गोरखा’ भूकम्प गएको सात महिना पुग्न लाग्दा समेत पराकम्पन आउने क्रम रोकिएको छैन । पहिलेको तुलनामा पराकम्पन आउने क्रम कम भएपनि स्थान फेरेर आइरहेकाले स्थानीय त्रसित भएका छन् । 
 
साना धक्काले बढी असर नगर्ने भएपनि कमजोर एवं जोखिमपूर्ण संरचनाप्रति सचेत रहनु पर्ने भूकम्पविद्हरुको सुझाव छ । वैशाख १२ को विनाशकारी भूकम्पले थिलथिलिएका जिल्लाहरुमा पीडितहरुको पुनः स्थापना हुन नसकिरहेका बेला पराकम्पनले थप समस्या थपिने गरेको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ