arrow

विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण

logo
प्रकाशित २०७७ असोज २९ बिहिबार
shikhar-nagar.jpg

डोटी । शिखर नगरपालिका डोटीले नगरपालिका विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण गरेको छ । वुधवार एक कार्यक्रमका विच नगरपालिकामा विद्यालयलाई हस्तान्तरण गरिएको शिखर नगरपालिका निमित्त कार्यकारी अधिकृत प्रमानन्द शर्माले जानकारी दिए । 

नगरपालिकाका निम्न माध्यामिक विद्यालय, माध्यामिक विद्यालय र केही मात्रामा आधारभुत विद्यालय गरी तीस विद्यालयका छात्राहरुलाई वितरण गरिने छ । प्रथम चरणमा विद्यालयले माग गरेको आधारामा प्रति छात्रालाई १० वटा पुग्ने गरि झण्डै तीस हजार सेनेटरी प्याड वितरण गरिन लागिएको शिखर नगरपालिका डोटीका शिक्षा शाखा प्रमुख शेर वहादुर कार्कीले वताए । 

सेनेटरी वितरणले रजस्वाला भएका समयमा विद्यालयमा अनुपस्थित हुने, मनमा संकोच लिने, शुरक्षा जस्ताको अन्त्य भइ शिक्षण शिकाइमा वृद्धि हुने शिक्षा शाखा प्रमुख कार्कीले वताए । शारदा माद्यामिक विद्यालयका प्राधानाध्यापक चन्द्र जोशीले उपल्ध सेनेटरी प्याडले विद्यालयमा छात्राहरुको निरन्तरता र पठन पाठनमा सकारात्मक भूमिका निर्वाह गर्ने वताए ।

सेनेटरी वितरण कार्यक्रममा शिखर नगरपालिका डोटीका नगर प्रमुख सिताराम जोशीले सेनेटरी प्याडले छात्राहरु विद्यालय आउन हिच्किचाउने, पढाइमा वाधा पुग्नवाट अन्त भइ शिक्षण शिकाइमा नै सकारात्मक प्रभाव प्रर्ने कुरा वताए । नगरपालिकाले पहिलो पटक नमुनागत रुपना यो कार्यक्रम शुरुवात गर्न लागिएको र अवका दिनमा यस्लाई निरन्तरता दिइने वताए । गरपालिकाका विद्यालयहरु एक साता देखि संचालनमा रहेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ