arrow

अर्थतन्त्र धरासायी बनेसँगै टर्कीस व्यापारिक केन्द्रहरु अरबको शरणमा

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज २९ बिहिबार
saudi-arabia.jpeg

काठमाडौं। कोरोना भाइरसको लकडाउनका कारण उसै थिलथिलो भएको अर्थतन्त्रलाई अरब देशहरुले बाइकट टर्की गरेसँगै टर्कीको मुद्रा इतिहासमै कमजोर अवस्थामा पुग्न लागेको छ । अमेरिकामा हुने निर्यात करिब एक चौथाइमा झरेको छ । टर्कीको गैर सरकारी च्याम्बर अफ कमर्सले आयातमा प्रतिबन्ध लगाएको छ। मुख्य आयस्रोत पर्यटन रहेको टर्कीमा कोरोना भाइरसको माहामारीले त्यो पनि शुन्य सरह भएको छ । डलर आम्दानीको मुख्य स्रोत अमेरिकामा हुने निर्यातमा समेत कमी आएसँगै अहिले टर्की चरम आर्थिक संकट पूर्वको स्थितिमा पुगेको छ।

यसबीच आठ टर्कींस बिजनेस ग्रुपले एक संयुक्त वक्तव्य जारी गर्दै साउदी अरेबियालाई व्यापारीक समस्यालाई सामाधान गर्न आग्रह गरेका छन् । राष्ट्रपति रिसेप ताइप एर्दाेगनले आफुलाई खलिफा घोषण गरेसँगै टर्कीको अर्थतन्त्रमा भारी संकट चुलिँदै गएको हो । टर्कीबाट लगभग सबै विदेशी लगानीकर्ताहरु बाहिरिएका छन् । स्थानीय र विदेशी लगानी अस्थिरताका कारण टर्कीस मुद्रा लिरामा भारी गिरावट आएको छ । बढ्दो मुद्रास्फीति र गिरावटका कारण पनि टर्कीको केन्द्रीय बैंकले मुल्य घटाएको छ । एर्दाेगनको दबाबमा केन्द्रीय बैंकले मुल्य वृद्धी गर्न पाएको छैन्।

यसबीच मुद्रास्फीति ८.२५ बाट २ अंकले बढेर १०.२५ पुगेको छ । समग्रमा भन्नुपर्दा आर्थिक परिसुचकहरु, विदेशी विनिमय सञ्चय, मुद्रास्फीति, नीति दर, जीडीपी वृद्धी सुचकांकहरु निकै कमजोर अवस्थामा छन् । पछिल्लो चौमासमा जिडिपी दुई अंकले संकुचित भएको छ भने चालु चौमासमा समेत अझैं संकु्चन हुने अनुमान गरिएको छ।

इस्लामीक विश्वमा आफ्नो सर्वाेच्च उपस्थिति खडा गर्न खोजेको टर्कीका व्यावसायिक केन्द्रहरु अहिले अरबमाथि करुणा नजरले गुहार मागिरहेका छन् । किनकी टर्कीस अर्थतन्त्रको अन्तिम विकल्प अरब हो । तर, बिग्रिदो सम्बन्धका कारण अरबले टर्कीस सामानको आयातलाई रोक्दै आएका छन् । टर्कीस विदेशी आथिर्क सम्बन्ध बोर्ड (डीईआइके), टर्कीस निर्यात संघ (टीआइएम) र युनियन अफ च्याम्बर एण्ड कमोडिटी (टीओबीबी)लगायतले जारी गरेको वक्तव्यमा, हाम्रो कम्पनीहरुले साउदीमा भोगेको भेदभावपूर्ण व्यवहारमाथि पछुतो गर्दै, साउदी अधिकारीहरुलाई व्यापारीक सम्बन्धको समस्या समाधान गर्न अनुरोध गर्दछौं ।

एर्दोगनको तानाशाही नीतिले टर्कीलाई मध्ययुगीन संसारमा धकेलिरहेको छ । मध्ययुगीन तरिकाले मध्ययुगीन आटोम्यान साम्राज्यलाई पुर्नस्थापना गर्ने सपना एर्दाेगनले बोकेका छन् । आटोम्यानबाट प्रभावित टर्कीस टिभी सिरिजलाई बढावा दिनु र पाकिस्तानजस्ता देशमा ती सिरिज चलाउनुले एर्दाेगनले आफुलाई इस्लामीक विश्वको केन्द्रको रुपमा खडा गरेर खलिफा बन्न खोजेको देखिन्छ । तर, आधुनिक विश्व पैंसा र प्रविधिमा चल्छ र टर्कीले यी दुवै कुराहरुलाई गुमाउँदै छ । अरब र पश्चिमी देशहरुसँग युद्धमा संलग्न हुन खोज्दै टर्कीले आफुलाई विकराल अवस्थातिर धकेलिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ