arrow

इन्डियन प्रिमियर लिगः गेलको पुनरागमन, जित्यो पन्जाब 

logo
प्रकाशित २०७७ असोज ३० शुक्रबार
ipl-ounjab-gale.jpg

काठमाडौं । क्रिस गेलले पुनरागमन गरेको खेलमा किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दोस्रो जित निकालेको छ ।

सारजाहमा बिहीबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले दोस्रो जित निकालेको हो ।

सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पन्जाबले २ विकेटको नोक्सानीमा पूरा गर्यो ।

कप्तान लोकेश राहुलले ४९ बलमा नटआउट रहँदै ६१ रन बनाए । त्यस्तै गेलले गेलले ४५ बलमा ५३ रन बनाए । गेल यो सिजन पहिलो पटक पन्जाबको प्लेइङ सेटमा परेका हुन् । उनले पहिलो पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका हुन् । यस्तै मायांक अग्रवालले ४५ रनको योगदान दिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले ६ विकेटको नोक्सानीमा १ सय ७१ रन बनाएको थियो ।

कप्तान विराट कोहलीले  ४८, शिबम दुबेले २३ तथा आरोन फिन्चले २० रन बनाए ।

पन्जाबका मोहमद शामी र मुरुगान आश्विनले २–२ विकेट लिए । 

अंक तालिका

जितसँगै पन्जाबले ८ खेलमा ४ अंक जोडेको छ । पन्जाब पुछारमा रहेको छ ।

पन्जाबले यस सिजन लगातार दोस्रो खेलमा बैंगलोरलाई हराएको हो । यसअघिको पहिलो भेटमा पनि पन्जाबले बैंगलोरलाई ९७ रनले हराएको थियो ।

बैंगलोरको यो तेस्रो हार हो । बैंगलोरले ८ खेलमा १० अंक जोडेको छ । बैंगलोर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

अंक तालिकामा ८ खेलबाट १२ अंकसहित दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । मुम्बई इन्डियन्स ७ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । 

कोलकाता नाइट राइडर्स ७ खेलबाट ८ अंकसहित चौथो स्थानमा छ । 

सनराइजर्स हैदराबाद, चेन्नई सुपर किंगस र राजस्थान रोयल्स ८ खेलबाट ६ अंकसहित क्रमश पाँचौंदेखि सातौं स्थानमा छन् । 

शुक्रबारको खेल
शुक्रबार मुम्बई र कोलकाता भिड्दै छन् । खेल जित्दा मुम्बई पुनः शीर्ष स्थानमा उक्लने छ भने हारले कोलकाताले मुम्बई र बैंगलोरसँग अंक बराबरी गर्न सक्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ