arrow

कोरोना भाइरसः एकैदिन चार लाख संक्रमित थपिए, अहिलेसम्मकै बढी 

logo
प्रकाशित २०७७ असोज ३० शुक्रबार
corona-world.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसका संक्रमितहरु उत्कर्षमा पुगेका छन् । एकैदिन बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । बिहीबार अहिलेसम्मकै बढी ३ लाख ९८ हजार ६०९ जना संक्रमित भेटिएका हुन् ।

यो अहिलेसम्मकै एकैदिनको बढी संख्या हो । यसअघि बुधबार त्यो दिनसम्मकै सबैभन्दा बढी ३ लाख ८२ हजार १३८ जना संक्रति थपिएका थिए । 

जाडो मौसम बढ्दै जाँदा यो संख्यामा अझै बढोत्तरी हुने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । 

बिहीबार सबैभन्दा बढी अमेरिकामा ६६ हजार १२९ जना संक्रमित थपिए । लामो समयपछि पहिलो पटक अमेरिकाले भारतलाई उछिनेको हो । निरन्तर भारतले उछिन्दै आएकोमा बिहीबार ६० हजार ४३९ जना संक्रति थपिए । 

त्यस्तै फ्रान्समा ३० हजार ६२१, ब्रजिलमा २९ हजार ४९८, बेलायतमा १८ हजार ९८०, अर्जेन्टिनामा १७ हजार ९६, रुसमा १३ हजार ७५४ र स्पेनमा १३ हजार ३१८ जना थपिए । 

नेपालमा ३ हजार ७४९ जना थपिए । 

विश्वभर अहिलेसम्म ३ करोड ९१ लाख ५७ हजार ९२३ जना संक्रमित भएका छन् । ११ लाख २ हजार ८१४ जनाको ज्यान गइसकेको छ भने २ करोड ९३ लाख ७५ हजार ७३ जना कोरोनामुक्त भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ