arrow

डिसहोमको सिनेमाघरमा बलिउड चलचित्र 'का पे रनसिंगम' हेर्न सकिने

logo
प्रकाशित २०७७ असोज ३० शुक्रबार
dish-home-movies-hall.jpg

काठमाडौं। नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले शुरुवात गरेको छ। असोज ३० गते रिलिज हुने चलचित्र 'का पे रनसिंगम' पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन्। तमिल चलचित्र 'का पे रनसिंगम' सत्य घटनामा आधारीत, सामाजीक चलचित्र हो जसले दक्षिण भारतीय किसानहरुको कथा बोकेको छ। तमिल नायक विजय सेतुपथि अभिनित यो चलचित्र सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा दैनिक ३ सो बिहान १० बजे दिउँसो ४ बजे र राती १० बजे हेर्न सकिने छ। असोज १६ गते रिलिज भएको चलचित्र  'खाली पीलीर्' हेर्न चाहाने दर्शकहरुको लागी विहान ७ बजे दिउँसो १ बजे र बेलुकी ७ बजे हेर्न सकिने कम्पनीले जनाएको छ।

दैनिक ८ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा अब दैनिक ६ सो मात्र संचालन हुनेछ। चलचित्र  'का पे रनसिंगम' अथवा 'खाली पीलीर्' हेर्न, आईभिआर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा वा टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर जानकारी लिन सकिने कम्पनीले बताएको छ।  त्यस्तै  MOD999 आफ्नो CASID हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एसएमएस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिनै कम्पनीको विज्ञप्तिमा उल्लेख गरीएको छ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ