arrow

आयो केन्ट आरओको दशैं र तिहार अफर

logo
प्रकाशित २०७७ असोज ३० शुक्रबार
kent-dashain-tihar.jpg

काठमाडौं। नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले दशै र तिहारलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ। भारत र नेपालमा पानी शुद्धिकरणकाबजारमा ग्राहकवर्गले असाध्यै रुचाएको ईओएल प्रालिको केन्ट आर.ओ.ले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै ‘१०० प्रतिशत शुद्ध पानीको संरक्षणसहित यस उत्सवको मौसम, स्वस्थ रहनुहोस्’ भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आरओमोडलको खरिदमा चार वटा एलईडी बल्बको उपहार प्याक प्रदान गरेको छ।

सिजीले यो ग्राहक योजना असोज १ गतेदेखि देशभर सीमित अवधिको लागि लागू गरिएको जनाएको छ। सिजीले भनेको छ, ‘आज सफा पिउने पानी आवश्यकता बनेको छ। प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन्।’

यसै स्थ्तिलाई ध्यानमा राख्दै सिजी भन्छ, ‘तपाईंले पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ। साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरू मार्फत आउने र अस्वस्थ्य ट्याङ्कीमा भण्डारण हुने गर्दछ।’

सिजी अगाडि दावीका साथ भन्छ, ‘पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्वपूर्ण छ। यसैले, आरओबाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको छ।

सिजीले केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित भएको दावी गर्दै केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू–डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध रहेको बताएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ