arrow

कोरोना बिमाप्रति सरकारको परिवर्तित नीतिः बीमा रकम भुक्तानीमा कन्जुस्याँई

बिमितको ७२ करोड रुपैयाँ प्रक्रियामै अल्झियो!

logo
पीबी चन्द,
प्रकाशित २०७७ असोज ३० शुक्रबार
bima_samiti.JPG

काठमाडौं । नेपालमा कोरोना महामारी नभित्रिने आँकलन गर्दै कोरोना बीमा गर्न प्रेरित गरेका कम्पनीहरुले अहिले भुक्तानीका लागि कन्जुस्याँई गरिरहेका छन् । बिमितप्रति सरकार नै अनुदार बनेपछि बीमा कम्पनीहरुले बीमा रकम भुक्तानी गर्न झनै कन्जुस्याँई गरिरहेका हुन् । बीमा समितिका अनुसार बिमितले बीमा गरेका विभिन्न कम्पनीहरुमार्फत गरेको भुक्तानी दावी कम्पनीहरुले प्रक्रियामै अल्झाएका छन् । अहिले करिब ७२ करोड रुपैयाँ भुक्तानीको प्रक्रियामै अल्झिएको बीमा समितिले जानकारी दिएको छ । बीमा कम्पनीहरुले भुक्तानीका लागि विभिन्न बहाना झिक्दा भुक्तानीको प्रक्रियामै अल्झिएको समितिका अधिकारीहरु बताउँछन् ।

बीमा समितिको पछिल्लो तथ्यांक अनुसार भुक्तानी दावीको प्रक्रियामा रहेको रकम ७१ करोड ८० लाख रुपैयाँ रहेको छ । उक्त रकम ७ हजार ४ सय ४० जनाले  भुक्तानी दावी गरेका बीमा समितिका तथ्यांक शाखा प्रमुख पूर्ण थापाले जानकारी दिए । उनले समितिमा प्राप्त पछिल्लो तथ्यांक अनुसार १ हजार २९ जनाले ९ करोड ७० लाख रुपैयाँ भुक्तानी पाइसकेका छन् । भुक्तानीकाे प्रक्रियामा रहेका  बिमितहरूले पनि भुक्तानी पाइरहेका समितिका सूचना अधिकारी निर्मल अधिकारीले बताए । 'दिन त दिइराखेका छन् नि अहिले भुक्तानी' अधिकारीले भने ।

मापदण्ड शंसोधनपछि बिमित दर घट्यो
बीमा समितिले गत साउन १ गते देखि कार्यान्वयनमा ल्याएको बीमा मापदण्ड शंसोधन गरेपछि बिमितको दर घटेको समितिले जानकारी दिएको छ । समितिले सुरुमा साउन १ गते देखि कार्यान्वयनमा ल्याएको मापदण्डमा सरकारी प्रयोगशालामा मात्रै कोरोना परिक्षण गरी पोजिटिभ निस्केकोले मात्रै बीमा दावी भुक्तानी पाउने व्यवस्था गरेको थियो । सुरुमा सरकारले नै कोरोना परिक्षणको अनुमति सरकारी ल्याबलाई मात्रै दिएका कारण भुक्तानी दावी गर्दा बिमितको परिक्षण पनि सरकारी ल्याबमै हुनुपर्ने मापदण्डमा राखिएपनि पछि सरकारले परिक्षणको अनुमति निजी ल्याबलाई पनि दिएकाले निजीमा परिक्षण गरेका बिमितले भुक्तानी दावी गर्न थाले । तर, बीमा कम्पनीहरुले निजी ल्याबमा गरिएको परिक्षणका आधारमा  भुक्तानी नदिने भएपछि उक्त मापदण्ड संशोधन गर्नु परेको भन्दै समितिले भदौ २८मा संशोधन गर्यो ।

संशोधनमा निजी प्रयोगशालामा पनि परिक्षण गरी पोजिटिभ निस्केकोले भुक्तानी पाउने व्यवस्था त गरियो । तर, बीमा रकमको २५ प्रतिशत मात्रै रकम पाउने र अस्पतलामा बसेको अवस्थामा उपचार खर्चको बिलको आधारमा खर्च पाउने व्यवस्था गरियो । सो व्यवस्थापछि करिब २ लाख जनाले कोरोना बीमा गरेका छन् । मापदण्ड संशोधनपछि बिमितको सँख्या बढेको छ । सँख्या बढेपनि बिमितको दर निकै कम भएको तथ्यांक शाखा प्रमुख थापा बताउँछन् । त्यसअघि भदौ २६ सम्म १३ लाख भन्दा बढी बिमितको संख्यामा रहेकोमा पछिल्लो तथ्यांक अनुसार कुल बिमितको संख्या १५ लाख १४ हजार ८ सय २८ पुगेको छ । सोमार्फत करिब ८६ करोड रुपैयाँ बीमा प्रिमियम पनि संकलन भएको छ ।

बीमा रकम नपाइने
सरकारले गत १९ असोजमा बिमितले कारोना बीमाको रकम नपाउने व्यवस्था गरेको छ । बिमितले परिक्षण खर्च एवं उपचार खर्च बीमा रकमबाटै कटाउनु पर्ने र नगद भुक्तानी नदिइने स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसअघि नै जानकारी गराएका थिए । सरकारले यसरी बेला बेला कोरोना बीमा सम्बन्धमा गर्दै आएका विभिन्न निर्णयले कोरोना बीमा गर्ने दरमा कमी आइरहेको समितिका पदाधिकारीहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ