arrow

दलित अगुवाको हत्याको बिषयमा प्रहरीले जाहेरी नलिएपछि सर्लाही कांग्रेसको प्रदर्शन

logo
प्रकाशित २०७७ असोज ३० शुक्रबार
congress-ty7re.jpg

सर्लाही । बुधबार दिउँसोपख जिल्ला प्रहरी कार्यालय अगाडि सर्लाही ४ का कांग्रेस सांसद डा. अमरेशकुमार सिंहको नेतृत्वमा आएको समूह र प्रहरीबीच झडप हुँदा मलंगवा तनावग्रस्त बनेको थियो । दलित अगुवा महेन्द्र रामको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै प्रहरी कार्यालय घेराउ गर्न गएको समूहलाई प्रहरीले रोक्न खोजेपछि झडपको स्थिति सिर्जना भएको थियो । झडपमा दुवै तर्फका गरी ४ दर्जन बढी घाईते भएका थिए । 

रामनगर घटनालाई लिएर शुक्रबार नेपाली कांग्रेसले सर्लाहीको ४ नं. क्षेत्रका सबै गाउँमा विरोध जनाएको छ । शुक्रबार ४ नं. क्षेत्रमा पर्ने सबै पालिकाका प्रत्येक वडामा मध्यान्ह टायर बालेर प्रदर्शन गरेको कांग्रेसले जनाएको छ र बेलुका मसाल जुलुस निकालिएको क्षेत्रीय सभापति एवं धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले जानकारी दिए । 

शुक्रबार भएको कायक्रममा आफ्नो घर भएको ठाँउको पालिकामा बसेर प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंह, प्रदेश सभा सदस्यद्वय उपेन्द्र कुशवाह र वीरेन्द्र सिंह लगायतको उपस्थिति रहेको थियो ।

सिसौट घटनामा प्रहरीले पीडित परिवारले भनेका व्यक्तिहरुविरुद्ध किटानी जाहेरी नलिएको सांसद डा. अमरेशकुमार सिंह, प्रदेश सभा सांसद वीरेन्द्र सिंह लगायतको दावी छ । प्रहरीले भने हत्याको घटनाका वास्तविक तीन जना दोषीलाई त्यतिबेलै नै हिरासतमा लिएर अनुसन्धान गरिरहेको बताउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ