arrow

सभापतिद्वारा आङ्दम्वेको निधनप्रति दुःख व्यक्त

logo
प्रकाशित २०७७ असोज ३० शुक्रबार
sher-bahadur-deuba-new-fnl.jpg.jpeg

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य एवं प्रजातन्त्र सेनानी नारायणप्रसाद आङ्दम्वेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

 प्रजातन्त्र सेनानी आङ्दम्वेको शुक्रबार बिहान इलामको फाल्गुनन्द गाउँपालिका– १ स्थित आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको हो । 
 
सभापति देउवाले शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन्। 

स्व आङ्दम्वेले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनका श्रीमती, पाँच छोरा र एक छोरी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ