arrow

दुई वडाध्यक्षसहित ४० जना कांग्रेसमा प्रवेश, देवेन्द्रराज क‌ंडेलले दिए सदस्यता

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ असोज ३० शुक्रबार
kadel-sadsyata.jpg

नवलपरासी पश्चिम । पछिल्लो समय देशभर विभिन्न पार्टी परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गर्नेको लहर बढेको छ । प्रतिनिधिसभा सदस्य समेत रहेका नेपाली कांग्रेसका केन्द्रिय सद्स्य देवेन्‍द्र राज क‌ंडेलको गृह जिल्ला रहेको नवलपरासी पश्चिममा कांग्रेस प्रवेशको लहर चलेको छ। 

क‌ंडेलले गृह जिल्लामा दुई वडाध्यक्षसहित ४० जना कांग्रेसमा प्रवेश छन् ।  सरावल गाउपालिका १ र २ का निर्वाचित वडा अध्यक्षद्वय भेषनारायण चौधरी एवम शम्भु चौधरीसहित ४० जना ब्यक्तिलाई शुक्रबार एक कार्यक्रम बिच सदस्यता  प्रदान गर्दै नेपाली कांग्रेसमा प्रवेश गराएका छन ।

कांग्रेस सरावल गाउपालिका वडा १ र २ को संयुक्त आयोजनामा आयोजित बिजया दशमी, दिपावली, रमजान तथा छठ पर्व शुभकामना आदान-प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरु कांग्रेस प्रवेश गरेका हुन् । 

 कार्यक्रममा वडा सभापती रुद्रनाथ राय ,जिल्ला सभापति बिष्णु पौडेल, जिल्ला सहसचिव तथा जिसस प्रमुख शिव शन्कर राय ,केन्द्रिय संगठन बिभाग सद्स्य मोहन शर्मा,महासमिती सद्स्य तथा सरावल गापा प्रमुख राधेश्याम चौधरी,उपप्रमुख तथा महाधिबेशन प्रतिनिधि उत्तमा राय, गाउपलिका सभापती बिनोद पान्डे लगायतको उपस्थिती रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ