arrow

इन्डियन प्रिमियर लिगः मुम्बई शीर्ष स्थानमा, रनरेटमा दिल्ली पछाडि

logo
प्रकाशित २०७७ कार्तिक १ शनिबार
ipl-mumbai2.jpg

काठमाडौं । डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको पुनः शीर्ष स्थानमा पुग्न सफल भएको छ । अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकाताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १६.५ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईको जितमा क्विनटन डी ककले नटआउट ७८ रन बनाए । म्यान अफ द म्याच उनले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । कप्तान रोहित शर्माले ३५ तथा हार्दिक पाण्डेयले नटआउट २१ रन बनाए । 

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले ५ विकेटको नोक्सानीमा १ सय ४८ रन बनाएको थियो ।

६१ रन जोड्दा ५ विकेट गुमाइसकेको कोलकाताका लागि पाट कुमिन्स र कप्तान इयान मोर्गानले उत्कृष्ट नटआउट ८७ रनको साझेदारी गरेका थिए । कुमिन्सले ५३ तथा मोर्गनले ३९ रन  बनाए । मुम्बईका राहुल चाहरले २ विकेट लिए । 

अंक तालिका 
यो जितसँगै आठौं चरणको खेल सकिएको छ । मुम्बई १२ अंकसहित शीर्ष स्थानमा रहेको छ । उसको रन रेट १.३५३ रहेको छ । दिल्ली क्यापिटल्स १२ अंकसहित दोस्रो स्थानमा झरेको छ । उसको रन रेट ०.९९ रहेको छ । 

रोयल च्यालेन्जर्स बैंगलोर १० अंकसहित तेस्रो स्थानमा छ । कोलकाता ८ अंकबाट चौथो स्थानमा छ । सनराइजर्स हैदराबाद, चेन्नई सुपर किंगस र राजस्थान रोयल्सको समान ६–६ अंक छ भने किंगस इलाभेन पन्जाब ४ अंकबाट पुछारमा छ । 

शनिबारका खेल
शनिबार दुई खेल हुनेछन् । पहिलो खेलमा ३ः४५ बजे राजस्थान र बैंगलोर खेल्नेछन् । 

त्यस्तै दोस्रो खेलमा बेलुकी ७ः४५ बजे दिल्ली र चेन्नई खेल्नेछन् । दिल्लीलाई पुनः शीर्ष स्थानमा पुग्न यो खेल जित्नैपर्ने दवाव छ । दिल्लीबाट नेपाली स्पिनर सन्दीप लामिछाने खेल्ने सम्भावना भने न्यून छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ