arrow

अछामका दुई सय १६ जना बाढी पीडितलाई  राहत वितरण

logo
प्रकाश बम,
प्रकाशित २०७७ कार्तिक १ शनिबार
sahayog12.jpg

अछाम । साइन नेपाल धनगढीले अछामको रामारोसन गाउँपालिकाका बाढी पहिरो पिडितलाई राहत वितरण गरेको छ । गाउँपालिकासंगको सहकार्यमा गाउँपालिकाका २ सय १६ जना बाढी पहिरो पिडितलाई शुक्रवार राहत सामग्री वितरण गरिएको हो ।

अछामको रामरोसन गाउँपालिकामा सञ्चालित केयर एण्ड रिलिफ परियोजाको आपतकालिन राहत तथा उद्धार कार्यक्रम अन्तर्गत गाउँपालिका वडा नम्बर ५,६ मा  खाद्यान्न , म्याट्रिक्स र वल्याङ्केट लगायतका  सामग्री वितरण गरेका छन् । 

गत भदौ २ गते राति रामारोसन गाउँ पालिकाको वडा नम्बर ५ र ६ भइ वग्ने कैशा खोलामा आएको विनाशकारी वाढी पहिरोका कारण शैनबजार, घट्टेबजारका ८ जनाको ज्यान जानुका साथै  ९ जना बेपत्ता रहेका छन् । ठूलो धन जनको क्षति भएको थियो । 

विपतको घडीमा संस्थाले उपलब्ध गराएको खाद्यान्न र अन्य सामग्रीले गाउँपालिकालाई नै ठूलो सहयोग पुगेको रामारोसन गाउँपालिकाका कार्यपालिका सदस्य हरि परियारले बताए ।

आपतकालिन अवस्थामा संस्था जहाँ परिचालन हुन्छ, साइन नेपालका अध्यक्ष भक्तराज जोशीले भने - रामारोशन गाउपालिकामा संस्थाको कार्यक्षेत्र पनि हो ।  संस्थाले पिडितको घाउमा राहत स्वरुप मलपट्टीको काम गरेको हो । संस्थाले यस पछि पनि उक्त ठाँउमा विभिन्न सिपमुलक र आय आर्जनका कार्यक्रम निरन्तर संचालन रहने अध्यक्ष जोशीले बताए । 

राहत स्वरुप ८ लाख ५३ हजार नौ सय  साठी रुपैयाँ बराबरको खाध्यान्न तथा अन्य  सामाग्री हस्तान्तरण गरिएको संस्थाका कोषाध्यक्ष मेखराज भट्टले बताए ।

राहत वितरण गरिएका प्रतिव्यक्तिलाई  पच्चिस किलो चामल, ३ किलो दाल, १ लिटर तेल, १ किलो नुन र १ किलो सोयाविन वितरण गरिएको छ । राहत वितरण गरिएका मध्य वाढीले घर पसल बगाएका तथा मानविय क्षति बेहोरेका ५० जनाका परिवारलाई थप म्याट्रिस वेड र विल्याङ्केट समेत वितरण गरिएको कोषाध्यक्ष भट्टले वताए । 

यस पटक गाउँपालिकामा ८ सय ९० घर परिवार वाढी पहिरोवाट पिडित भएको गाउपालिकाको तथ्याङ्क रहेको छ ।  त्यसै गरि वाढी पहिरोका कारण गाउपालिकामा १७ सिचाइकुला, ४ जलविद्युत आयोजना,  ३ सय पचपन्न पशु चौपाया,  चौतिस घर, १७ खानेपानी,  १२ झुलुङ्गे पुलमा क्षती पुगेको रामारोसन गाउपालिकाका निमित्त कार्यकारी अधिकृत राम वहादुर भण्डारीले बताए । 

त्यसैगरी रामोरोसन सडक खनण्डमा १८ स्थामा ४ हजार ६५ मिटर क्षति, २८ सय २८ खेत र ८ सय ८२ पाखो क्षेत्रफल जमिनमा क्षति, जोखिमका कारण घर छोड्ने १ सय २७, पसल वगाएको ४२, छाना ९६ वटामा पूर्ण क्षति भएको छ । 

यस अवधिमा गाउँपालिकाले बाढी पहिरोले गरेको क्षतिको विवरण संकलन गरेर प्रदेश सरकार र संघ सरकारमा पुनः निर्माणसहित माग गरि पठाइ सकिएको कार्यकारी अधिकृत भण्डारीले बताए । 

बाढी पीडितलाई विभिन्न संघ संस्था र विभिन्न राजनितिक पार्टीले राहत संकलन  गरेर वितरण गरेको कार्यकारी भण्डारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ