arrow

केयर गिभरको रुपमा इजरायल जान आवेदन माग

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
2068840592.jpeg
काठमाडौँ। इजरायलमा केयर गिभरको रुपमा काम गर्न जान चाहनेलाई वैदेशिक रोजगार विभागले आज आवेदन माग गरेको छ । विभागले सूचना जारी गर्दै इजरायल जान चाहनेहरुले कात्तिक २५ गतेभित्रमा आवेदन दिन आग्रह गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीच गत साउन २२ गते नमूना परियोजनाको रुपमा पहिलो चरणमा ३०० जनालाई घरेलु कामदारको रुपमा लैजाने सम्झौता भएको थियो । 
 
कार्यक्रमअन्तर्गत जाने कामदारले वृद्ध, अपाङ्ग, अशक्तको स्याहार, सम्भार र रेखदेख गर्नुपर्ने सूचनामा उल्लेख छ । यसअघिनै तीन महिनाको केयर गिभरको तालिम लिइ प्रथम चरण उत्तीर्ण भएकामध्येबाट ५० देखि ६० जनालाई तत्कालै रोजगारीका लागि इजरायल पठाइने छ, भने बाँकीलाई क्रमशः पठाइनेछ । अङ्ग्रेजी भाषा जानेको, २० घण्टाको व्यवहारिक तालिमसहित ६० घण्टाको थप तालिम सम्पन्न गरेका २५ देखि ४५ वर्ष उमेरभित्रका पुरुष र महिलाले सो पदमा आवेदन दिन पाउने विभागले जनाएको छ । कामदारका लागि कम्तिमा प्रवेशिका परीक्षा उत्तीर्ण, ४५ किलो तौल भएको र पाँच फिट उचाईलगायत १३ वटा मापदण्ड विभागले तोकेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ