arrow

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७४ लाख ३२ हजार नाघ्यो

logo
सिन्ह्वा,
प्रकाशित २०७७ कार्तिक १ शनिबार
corona-india-railway.jpg

नयाँ दिल्ली। भारतमा शनिबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७४ लाख ३२ हजार नाघेको छ। शनिबार  मध्याह्नसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७४ लाख ३२ हजार ६८० भएको छ।  यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १३ हजार ३२ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा गत २४ घण्टामा ६५ हजार १२६ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ८८२ जनाको मृत्यु भएको छ।

अझै पनि भारतभरी ७ लाख ९५ हजार ५३ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६५ लाख २४ हजार ५९५ जना सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ।

कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा ९ करोड ३२ लाख ५४ हजार १७ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ। जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरि हालसम्म ११ लाख भन्दा बढीको मृत्यु भएको छ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ९५ लाख ९६ हजार भन्दा बढी मानिस सङ्क्रमित भएका छन्। कूल सङ्क्रमितमध्ये दुई करोड ९६ लाख ६१ हजार ७६५ जना सङ्क्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ