arrow

रुद्रनाथ व्यक्ति–व्यक्तित्व सार्वजनिक

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक १ शनिबार
rudranath-ghimire.jpg

काठमाडौं। नेपाली कांग्रेस प्रचार विभागका सदस्य रामचन्द्र घिमिरेले सम्पादन गरेको रुद्रनाथ घिमिरे व्यक्ति–व्यक्तित्व सार्वजनिक भएको छ । नेपाली कांग्रेसका नेता नरहरि आचार्य र नेकपाका नेता खगराज अधिकारीले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरे । 

सामाजिक संजालबाट सार्वजनिक गरिएको कार्यक्रममा आचार्यले रुद्रनाथ घिमिरेमा सरलताको प्रशंसा गरे।  आचार्यले भने, 'घिमिरेले उपचारमा आयुर्वेदिक र प्याथोलोजी दुबै औषधी चलाउथे । आयुर्वेदका लागि आफु आधिकारीक भए पनि प्याथोलोजी औषधीका लागि आफु आधिकारीक नभएको कुरा प्रस्टसँग बताउँथे । अरुले यो काम तपाईले नै गर्न पर्छ भने पछि उनी उपचार गर्थे । यस्तो क्षमता सबै मानिसमा हुँदैन उनीमा थियो ।'

कार्यक्रममा नेकपा नेता खगराज अधिकारीले उनको सरलपन सबैले सिक्न पर्ने किसिमको रहेको बताए ।  
बाल्मीकी क्याम्पस प्रमुख डा.गणेश घिमिरेले रुद्रनाथ घिमिरेले आजभन्दा साठी पैसठ्ठी वर्ष अघि सहशिक्षाको अभियन्ता रहेको बताए । कार्यक्रममा चुडाराम परियारले रुद्रनाथ घिमिरेको जातीय भेदभाव र उचनीच नगरेको स्मरण गरे। 

सम्पादक घिमिरेले पुस्तकबाट नयाँ ज्ञानको बोध भएको बताए । पुस्तक हेर्दा रुद्रनाथ घिमिरे नायकको रुपमा प्रकट भएको उनले अनुभव सुनाए । रुद्रतुलचन्द्र प्रतिष्ठानकी अध्यक्ष हरिमाया सिग्देलले अध्यक्षता गरेको कार्यक्रममा शिक्षाविद् गेहेन्द्रप्रसाद घिमिरे, इन्द्रबहादुर अधिकारी, व्यवसायी इन्दिरा बरालले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ