arrow

सनराइज बैंकले ल्यायो चाडपर्व बिशेष योजना

logo
प्रकाशित २०७७ कार्तिक १ शनिबार
sunrise-festive-offer.jpg

काठमाडौं। सनराइज बैंकले एफ वान सफ्टसँग सहकार्य गरी चाडपर्व विशेष योजना ल्याएको छ। ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मसाथ गर्दै बैंकले चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको जानकारी दिएको हो।

बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एफ वान सफ्टसँग सहकार्य गरी यो योजना ल्याएको जनाएको छ। यो योजना अन्र्तगत सन्राइजले आफ्नो मोबाइल बैंकिङ्ग ‘सन्राइज स्मार्ट एप’ मार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यशाली ग्राहकहरुलाई एक एक थान स्मार्ट फोन प्रदान गर्ने बताएको छ।

साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम रु १०० क्यास ब्याक गर्ने व्यवस्था समेत गरेको प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ।

सन्राइज बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाँड्न २०७७ कार्तिक १ गतेदेखि मंसिर ५ गते सम्मको लागी यो योजना ल्याएकोसमेत जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ