arrow

हङकङका प्रदर्शनकारीहरुलाई गोली हानी नियन्त्रण, कम उमेरकालाई पनि जेल सजाँय

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक २ आइतबार
hongkong-security-office.jpg

हङकङ । हङकङमा सन् २०१९ मा व्यापक प्रदर्शनहरु भए । चीनसँगको सुपुर्दगी कानुनको विरोध गर्दै सुरु भएको आन्दोलन प्रजातन्त्र, स्वतन्त्रता र स्वायत्तताको मागहरुसमेत गरिए । दर्जनौं प्रदर्शनहरुलाई प्रहरीले दबाउन खोज्दा झनै हिंसा भड्कियो । प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन गोली प्रहार गर्ने अभियानसमेत सुरु गरेको थियो । 

सन् २०१९ कै प्रदर्शनका क्रममा नियन्त्रणमा लिएकाहरुलाई हाल जेलमा राखिएको छ । जसमा एक हजारभन्दा बढी कम उमेरका रहेका छन् । जसमध्ये करिब ७०० जनालाई दंगा भड्काएको आरोप लगाइएको छ । बीबीसीका लागि डेनी भिनसेन्टले गत वर्षको प्रदर्शनमा गोली हानिएका दुई विद्यार्थीसँग कुराकानी गरेका छन् । जसमध्येका एकजना हुन् प्याट्रिक । प्रदर्शनमा सहभागी हुँदा प्रहरीले उनको पेटमा गोली हानेको थियो ।

गोली लागेर प्याट्रिकको किड्‍नी र कलेजोमा क्षति भयो । तर, पनि उनी बाँचे । अहिले उनलाई दंगा भड्काएको भन्दै जेलमा राखिएको छ । शान्तिपूर्ण प्रदर्शनमा क्रममा पनि प्रहरीले गोली चलाएको थियो । हाल हङकङमा चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन लागू गरेको  छ । हाल पनि उक्त प्रदर्शनमा सहभागी भएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिने र विभिन्‍न मुद्दामा जेल हाल्‍ने काम गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ