arrow

कांग्रेस संसदीय दलबाटै दशैं भत्ता फिर्ता गर्ने निर्णय गर्न रिजालको माग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
minendra-rijal-congress1.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीका सबै सांसदले दशैंभत्ता फिर्ता गर्ने निर्णय सामुहिक रुपमै गर्नुपर्ने बताएका छन् । कांग्रेस नेता रिजालले व्यक्ती व्यक्तीले फिर्ता गर्ने भन्दा संसदीय दलका तर्फबाट सवै कांग्रेसका सांसदहरुले दशैं भत्ता फिर्ता गर्ने निर्णय गर्न प्रस्ताव गरेका हुन् ।

नेता रिजालले ट्वीटरमा एकएकजनाले फिर्ता गर्ने भनेर निर्णय सार्वजनिक गर्ने भन्दा संसदीय दलकैतर्फबाट नेपाली कांग्रेसका सबै सांसदले फिर्ता गर्ने निर्णय गरौं भन्ने प्रस्ताव गरेका हुन् । उनले पैसा निकम्मा केन्द्रीय सरकारले भन्दा जनतामाझको स्थानीय सरकारले खर्च गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् । उनले यो आफ्नो आग्रह र निर्णय यही अनुरुप हुने बताएका छन् ।

कोरोना महामारीका बेला देशको अर्थतन्त्र चौपट बनेको र उपचार नपाएर जनता भकाभक मर्ने क्रम जारी रहेका बेला सरकारले सांसदहरूलाई दशैंभत्ता दिने निर्णय गरेको थियो । जुन निर्णयको यतिबेला आलोचना भइरहेको छ । नेकपा र कांग्रेसका सांसदहरूले धमाधम भत्ता फिर्ता गर्दै आइरहेका छन् । आफ्ना दलका थोरै सांसद भएपनि विवेकशील र साझा पार्टीले आफ्ना सांसदहरुलाई पनि भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ