arrow

दशैं भत्ता नलिने निर्णय गराउन देउवालाई धनराज गुरुङको अपिल

logo
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
dhanaraj-gurung.jpeg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सरकारले कांग्रेसका सांसदहरुको नाममा जम्मा गरिदिएको दशैं भत्ता फिर्ता गराउन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । 

समाजिक संजाल ट्वीटरमा ट्वीट गर्दैै गुरुङले तत्काल संसदीय दलको बैठक डाकेर कांग्रेसका सांसदहरुको खातामा सरकारले जम्मा गरिदिएको दशैं भत्ता कांग्रेसका सांसदहरुले नलिने निर्णय गराउन माग समेत गरेका छन् । 

गुरुङले बदनाम सरकारले प्रतिपक्षलाई पनि बदनाम गराउने षडयन्त्र गरेको भन्दै त्यसलाई खारेज गर्न पनि सभापति देउवालाई माग गरेका छन् । 

यसो लेखेका छन् नेता गुरुङले ‘श्रद्धेय पार्टी सभापति @DeubaSherbdr ज्यू ! तत्काल संसदीय दलको बैठक राखेर कांग्रेसका सांसदहरुको खातामा नालायक सरकारले जम्मा गरिदिएको दशैं भत्ता कांग्रेसका माननीयहरुले नलिने संस्थागत निर्णय गराउनुहोस्। बद्नाम सरकारले प्रतिपक्षलाई पनि बद्नाम गराउने षडयन्त्रलाई खारेज गरौं ।’

यसअघि नेता गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘महामारीको बेलामा जनतालाई ‘परीक्षण तथा उपचार आफै गर्नु’  भन्ने उर्दी जारी गरेर हदैसम्मको गैरजिम्मेवार बन्नुभयो । तपाईंको अक्षमताको शिकार जनतालाई कहिलेसम्म बनाई राख्ने ?’ भनी प्रश्न गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ