arrow

दुईपटक रोगबेला भएको यस्तो हुनेछ मंगलबारको दिन

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ कात्तिक ४ गते मंगलबार, इस्वीसंवत अक्टुबर २० तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्ध आश्विनशुक्ल पक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज शुद्ध आश्विनशुक्लको चतुर्थी तिथि रहनेछ । आज दशैंको चौथो दिन हो । आज अनुराधा नक्षत्र, विष्कुम्भादि योगमा सौभाग्य, करणमा बब, आनन्दादि योगमा वज्र रहनेछ । 

सूर्य तुला राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान २८ घटि २१ पलाको रहननेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ७ मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर २८ मिनेटमा हुनेछ । 

आजको राशिफल

मेषः समय खराव रहनेछ । बिहानको समय झन्झट आइलाग्ने र बिना सित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ, खराब निर्णय हुन सक्छ, मध्यान्ह पछिको समय भने केहि सुधारित रहनेछ, आफन्त संगको सम्बन्धमा क्रमिक सुधार आउनेछ,आजको लागि शुभ अंक ८, शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पूर्ब ॐ नमः शिवाय यो मन्त्र ११ पटक जपेर अघि बढे सफलता मिल्नेछ 

मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार गणेश भगवानको पूजा र सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गरेमा राम्रो हुनेछ भने कामहरू समयमा नै सम्पन्न हुनेछन् । मेष राशिवालाले कर्कट, सिंह, वृश्चिक, धनु र मीन राशिवाला व्यक्तिसँग व्यवसाय गर्दा लाभ होला । मेष राशिका व्यक्तिलाई मंगलबार शुभ र आइतबार अशुभ हुन्छ ।

वृषः स्वास्थ्य राम्रो रहनेछ । फलदायी समय रहनेछ,साथि भाइ इष्ट मित्र सबैको मन जित्न सकिनेछ, तपाइको अनुयायी हरु बढ्नेछन भने नया कामको प्राप्ति पनि हुन सक्ने देखिन्छ,आर्थिक कारोबार सन्तोष जनक रहनेछ, आजको लागि शुभ अंक ७ हो भने शुभ रंग सेतो हो, कुनै काममको थालनी गर्नु अघि देबी भगवतीको स्मरण पूजा र स्तोत्र पाठ गरे निकै सफलता हात लाग्नेछ ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । साथै हरेक दिन गाईलाई रोटी र परेवालाई चारो दिनुहोस् र प्रत्येक बिहान भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्दा निकै राम्रो हुनेछ । यस राशिका व्यक्तिलाई शुक्रबार शुभ, शनिबार अशुभ हुन्छ ।

मिथुनः समय राम्रो रहनेछ । रोकिएका ब्यबसायिक कारोबारमा सुधार आउनेछ, प्रेम सम्बन्ध अझै प्रगाढ हुनुको साथै मन आनन्दित रहनेछ, नयाँ सवारी साधन र बहुमुल्य रत्नहरुको संचिति हुने समय रहेको छ, आजको लागि शुभ अंक ४ शुभ रङ्ग रातो हो भने कुनै काम सुरुवात गर्नु पूर्ब ॐ सरस्वत्यै नमः मन्त्र जपेर अगाडि बढे उत्तम हुनेछ । 

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन र पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ भने प्रत्येक दिन बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्दा तपाइँको मनोकांक्षा पूर्ण हुनेछ । मिथुन राशिका लागि बुधबार शुभ र सोमबार अशुभ हुन्छ ।

कर्कटः स्वास्थ्य भरपर्दो रहनेछैन । परिवेश सामान्य रहे पनि मनको डरले भने सताउनेछ । ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ । तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । अरूको मुख नताकी कर्मयोगमा लाग्दा फाइदा उठाउन सकिनेछ ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । यस्तै हरेक बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाएमा राम्रो हुनेछ । कर्कट राशिका लागि सोमबार शुभ र बुधबार अशुभ हुने गर्दछ । 

सिंहः समय शुभ छैन । पढाई लेखाइमा आएको लय घट्न सक्छ,शत्रुहरु तपाइँ देखि टाढिन थाल्नेछन,धार्मिक कार्यमा रुची बढ्नेछ भने प्रेम र दाम्पत्य सम्बन्धमा निकटता आउनेछ, हतियार बात निक्सानी हुन सक्छ निकै चनाखो रहनु होला, आजका लागि ६, शुभ रंग सप्तरंगी हो भने कुनै काम सुरुवात गर्नु पूर्ब कुलादेबताको  स्मरण र दर्शन पूजा गरेर अगाडि बढे उत्तम हुनेछ । 

सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । हरेक दिन बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्दा तपाइँको स्वास्थ्य राम्रो हुनेछ । सिंह राशि भएका व्यक्तिका लागि आइतबार शुभ र शनिबार घात हुन्छ ।

कन्याः समय अत्यन्त शुभ छ । घर बाहिर रहेर काम गर्नेहरुको लागि फलदायी समय रहनेछ,खर्च बढेता रमाइलो भेटघाट र घुमघाममा रमाउने दिन रहेको छ, पारिवारिक सम्बन्धमा टकराबको स्थिति आउन सक्छ, धनमाल हराउन सक्छ चनाखो रहनु होला, आजका लागि शुभ अंक ९ हो भने शुभ रंग ध्वाँसे र यात्रा गर्नु पूर्ब बगलामुखी भगवतीको सम्झना गरे सफलता मिल्नेछ ।

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले हरियो कपडा लगाउने र गणेश भगवानको पूजा गर्नु लाभदायक हुन्छ । साथै हरेक दिन बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् । कन्या राशिका लागि बुधबार शुभ र शनिबार घात हुने गर्दछ ।

तुलाः समय अत्यन्तै खराब छ । बिहानको समय झन्झट आइलाग्ने र बिना सित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ,खराब निर्णय हुन सक्छ,मध्यान्ह पछिको समय भने केहि सुधारित रहनेछ, आफन्त संगको सम्बन्धमा क्रमिक सुधार आउनेछ, आजको लागि शुभ अंक ८, शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पूर्ब ॐ नमः शिवाय यो मन्त्र ११ पटक जपेर अगाडि बढे सफलता मिल्नेछ ।

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामी राशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । यस्तै भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्ड् चढाउनु भएमा तपाइँले आँटे ताकेका कामहरु पूर्ण हुनेछ । तुला राशिका लागि शुक्रबार शुभ र बिहीबार अशुभ हुनेछ ।

वृश्चिकः समय अत्यन्तै राम्रो छ । काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । व्यवसायमा लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ ।
  
वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । यस्तै व्यापारी महानुभावहरुले भगवान विष्णु मन्दिरमा तुलसी रोपेर यात्रा पूर्व श्रीराम स्तुति पाठ गर्दा राम्रो हुनेछ । वृश्चिक राशिका लागि मंगलबार शुभ र शुक्रबार अशुभ हुनेछ । 

धनुः आज पनि समय खराब रहेको छ । मानसिक तनावबाट मुक्त हुन कठिन छ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । पाहुनाको रुपमा आज कसैकहाँ जानु ठीक छैन । गरेको काम बिग्रने संभावना बलियो छ । जताबाट पनि खर्चमात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले पहेंलो रंगको कपडा लगाउँदा सफलता मिल्नेछ । आफ्ना गुरुलाई सम्मान र गुरुमन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ । यस्तै हरेक दिन हनुमानजीको दर्शन गरी पिपलमा जल र मिठाई अर्पण गरेर केशरीको टिका लगाउँदा तपाइँको परिवारमा शान्ति छाउनेछ । धनु राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ । 

मकरः स्वास्थ्य अनुकुल रहनेछैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होसियार रहनुहोला । 

मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । यस्तै हरेक बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमै लादा राम्रो हुनेछ । मकर राशिका लागि शनिबार शुभ र मंगलबार अशुभ हुनेछ । 

कुम्भः समय शुभ छ, स्वास्थ्यमा सुधार आउनेछ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । व्यवसायमा फाइदा हुनेछ ।
 

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवको पूजा गर्ने, भोका व्यक्तिलाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ । यस्तै केराको बोटमुनी दियो बाली महत्वपूर्ण काम पूर्व हनुमानलाई मीठा पान अर्पण गर्दा तपाइँले गर्न खोजेका कामहरु पूर्ण हुनेछ । कुम्भ राशिका लागि शनिबार शुभ र बिहीबार अशुभ हुनेछ ।

मीनः समय मध्यम खालको छ । तपाइको योजना अनुसार काम हुन सक्ने देखिन्न,बोलीको प्रभाब घट्दो क्रममा रहनेछ,अत्याबस्यक यात्रा गर्नु परेमा मात्र मध्यान्ह अगाडिको समय उचित रहनेछ, आजको लागि शुभ अंक ३, शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पूर्ब ॐ मृत्युन्जयाय नमः योमन्त्र २३ पटक जप गरेर अगाडी बढे शुभफल हात लाग्नेछ ।

मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपीडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । यस्तै विष्णुलाई केसरीको टिका अर्पण गरेर र आफू पनि लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् यसले तपाइँको मनोकामना पूर्ण हुनेछ । मीन राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ । 

साइतः चन्द्रमा तुला राशिमा छन् त्यसैले पूर्व र दक्षिण बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला 
बिहान ६ः०७ बजेदेखि         ७ः३७ बजेसम्म        रोग बेला
बिहान ७ः३७ बजेदेखि         ९ः०७ बजेसम्म        उद्धेग बेला
बिहान ९ः०७ बजेदेखि         १०ः३७ बजेसम्म        चर बेला
बिहान १०ः३७ बजेदेखि        १२ः०७ बजेसम्म        लाभ बेला
बिहान १२ः०७ बजेदेखि        १ः३७ बजेसम्म        अमृत बेला
दिनमा १ः३७ बजेदेखि         ३ः०७ बजेसम्म        काल बेला
दिउँसो ३ः०७ बजेदेखि          ४ः३७ बजेसम्म        शुभ बेला
दिउँसो ४ः३७ बजेदेखि           ६ः०७ बजेसम्म        रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।


(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ