arrow

प्रहरीका पूर्व सईको संक्रमणबाट मृत्यु, दार्चुलाका पहिलो मृतक

logo
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
Dead_Body.jpg.jpeg

दार्चुला । कोरोना भाइरसको संक्रमणका कारण दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलाका ५३ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । 

३-४ दिन पहिले ज्वरो आएर धनगढी गएका उनको उपचारका क्रममा त्याहा स्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको उनले बताए । ज्वरोसंगै श्वासप्रश्वासमा समस्या देखिएपछि उनी धनगढी गएको तथा उतै मृत्यु भएको खुल्न आएको उनले बताए । उनको मृत्यु भएपछि गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको उनको भनाई छ । 

उनको शव नेपाली सेनाले धनगढीमा व्यवस्थापन गर्ने तयारी गरेको दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए । कोरोनाका कारण मृत्यु भएका ति पुरुषको घरपरिवार तथा टोल छिमेक सिल गरी सम्पर्क पहिचान तथा स्वाव संकलन गर्ने कार्य तत्काल थालिने उनले बताए । कोरोनाका कारण मृत्यु भएका उनी नेपाल प्रहरीको भुतपूर्व प्रहरी नायव निरीक्षक (सई) हुन् ।

सम्पर्क पहिचान तथा स्वाव संकलनका लागि आवश्यक मात्रामा स्वास्थ्यकर्मी परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । जिल्लामा हाल सम्म कोरोना संक्रमितको संख्या १ सय ९९ जना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ