arrow

प्रधानमन्त्री कार्यालयमा के गर्दैछन् ईश्वर पोखरेल ?

logo
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
iswor-pokhrel.JPG

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कामलाई प्रभावकारी बनाउनका लागि छलफल शुरु गरेका छन् ।  

सो कार्यालयको कार्यभार सम्हालेलगत्तै उनले मुख्य सचिव शङ्करदास वैरागी र सचिवसंग कार्यालयको प्रभावकारी र व्यवस्थित कार्यान्वयनका लागि छलफल शुरु गरेका हुन् ।
 
उनले प्रभावकारी र परिणाम ल्याउने गरी ठोस काम गर्न निर्देशन दिए ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारीको अभ्यास नेपालमा पहिलो पटक व्यवस्थित ढङ्गले गर्न थालिएको जनाउँदै उनले भने, “यो मेरो लागि नयाँ ठाउँ हो । कर्मचारीको सहयोगले नै यस कार्यालयबाट हुने कामलाई नयाँ उचाइमा पु¥याउने छु ।” 

छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मन्त्री पोखरेलले प्रधानमन्त्री कार्यालय र अन्य मन्त्रालयको समन्वयलाई आफूले प्रभावकारी बनाउने बताउँदै नीति, योजना र जनशक्तिमा समस्या भएमा पहिचान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । 

छलफलमा मुख्य सचिव  वैरागीले मुलुकमा सुशासन र  सेवा प्रवाहमा नवीनता ल्याउने गरी काम गरिने बताए । छलफलमा उपप्रधानमन्त्री पोखरेललाई पाँच  महाशाखाका प्रमुखले कार्यालयको अवस्थाबारे जानकारी गराएका थिए।

 सो अवसरमा सचिवद्वय यादवप्रसाद कोइराला, महेन्द्र गुरागाईँलगायतको सहभागिता थियो । बुधबार र बिहीबार पनि उपप्रधानमन्त्री पोखरेलले मन्त्रिपरिषद् कार्यालयका कर्मचारीबाट थप जानकारी  लिने उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ