arrow

दशैं खर्चका बिषयमा त्रुटी भएको कांग्रेस महामन्त्रीका निजी सचिव तिवारीको स्पष्टिकरण

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
dr-shashanka-bharat.jpg

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाका नीजि सचिव भरत तिवारीले एकजना आफन्तलाई दिनुपर्ने सहयोग रकम भुलवश गलत नम्बरमा डायल भएर अर्कै व्यक्तिकहाँ पुगेकोमा आफ्नो कमजोरी र त्रुटी भएको स्विकारेका छन् । आफ्ना राजकुमार नाम गरेका आफन्तलाई दिन तयार गरेर अनामनगरमा पुगेपछि फोन गर्दा असावधानिवश अर्कै व्यक्तिलाई पुगेको र सो क्रममा व्यक्तिको पहिचान गर्न कमजोरी र त्रुटी भएको तिवारीले स्विकारेका हुन् ।  

कोभिड संक्रमणका कारण सम्बन्धित व्यक्तिलाई बाहिर बोलाउने क्रममा असावधानीवश गलत नम्बरमा कल गएको र तपाइलाई एउट समान दिनुछ भनेपछि कल रिसिभ गर्ने व्यक्तिले कार्यलय सहयोगी पठाइदिन्छु भनेको तिवारीले मंगलवार राती जारी गरेको स्पष्टीकरणमा उल्लेख छ । तिवारीले भनेका छन्, 'हतारमा गरिएको यही सम्वादका आधारमा भूलवश त्यो सहयोग मैले ती सहयोगीको हातमा पठाएको हुँ। सहयोग लिने व्यक्तिको पहिचान गर्ने क्रममा मबाट कमजोरी तथा त्रुटी भएको हो। यसबारेमा कांग्रेसका महामन्‍त्री डा शशाङ्क कोइरालालाई कुनै जानकारी छैन। यो उहाँको सरोकारको विषय पनि होइन। त्यसैले यो विषयलाई महामन्‍त्री कोइरालासँग जोडेर नहेरी दिनुहुन म अनुरोध गर्दछु।' 

राजकुमार नाम गरेका एकजना आफन्तले केही दिन अघि दशैं खर्च दिनका लागि अनुरोध गरेपछि पुर्‍याइदिने क्रममा भएका असावधानीका कारण उत्पन्न परिस्थितिप्रति तिवारीले दुख व्यक्त गरेका छन् । तिवारीले भनेका छन्, 'समग्र पत्रकारिता र मिडिया क्षेत्रको व्यवसायिक गरिमा र मर्यादाप्रति म सचेत र संवेदनशील रहेको स्पष्ट पार्न चाहान्छु।' 

तिवारीले राजकुमार नामक आफन्तलाई पठाउन पठाएको सो रकम राजकुमार नामक अनलाइनखबरका पत्रकारको नाममा पुगेको थियो। महामन्त्रीका नीजि सचिवबाट रकम प्राप्त भएको बिषयमा आपत्ती जनाउँदै अनलाइनखबरले सो रकम फिर्ता गरेको समाचार नै प्रकाशित गरेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ