arrow

कोरोना भाइरसः विश्वमा फेरि बढे, भारतभन्दा अमेरिका अगाडि 

logo
प्रकाशित २०७७ कार्तिक ५ बुधबार
dashian-corona-india.jpg

काठमाडौं । केही दिन बढेर मत्थर भएको कोरोना भाइरसको महामारीका संक्रमित फेरि बढेका छन् । दैनिक ४ लाख १३ हजारसम्म बढेका कोरोना संक्रमित मंगलबार ३ लाख ८१ हजार ७१६ जना थपिएका हुन् । 

सोमबार ३ लाख ४० हजार नयाँ संक्रमित थपिएका थिए । मंगलबार सबैभन्दा बढी अमेरिकामा ६१ हजार ४२९ जना संक्रमित थपिए । ज्यान गुमाउने६ हजार १४१ मध्ये अमेरिकामा ९१७ जना रहेका छन् । 

अमेरिकामा अहिलेसम्म ८५ लाख २० हजार ३०७ जना संक्रमित भएका छन् भने २ लाख २६ हजार १४९ जनाको ज्यान गएको छ । 

दोस्रो स्थानको भारतमा मंगलबार ५४ हजार ४२२ जना संक्रमित थपिए । ६१ हजार ९३३ जना कोरोनामुक्त भए । भारतमा कोरोनामुक्त हुनेको दर दिनानुदिन बढ्दो क्रममा रहेको छ । हाल भारतमा ७ लाख ३९ हजार ३८१ जना मात्र सक्रिय संक्रमित छन् । 

मंगलबार ७१४ जनाको ज्यान जाँदा जम्मा ज्यान गुमाउने १ लाख १५ हजार ९५० जना पुगेका छन् । 

तेस्रो स्थानको ब्रजिलमा मंगलबार २३ हजार ६९० संक्रमित थपिँदा ६६२ जनाको ज्यान गयो । ५२ लाख ७४ हजार ८१७ जना संक्रमित हुँदा १ लाख ५४ हजार ८८८ जनाको ज्यान गइसकेको छ । 

चौथो रुसमा १४ लाख ३१ हजार ६३५ संक्रमित हुँदा मंगलबार १६ हजार ३१९ थपिए । मृतक २६९ थपिएर २४ हजार ६३५ पुगेका छन् । 

पाँचौं स्पेनमा १३ हजार ८७३ जना संक्रमित थपिएर १० लाख २९ हजार ६६८ जना पुगेका छन् । मृतक २१८ थपिएर ३४ हजार २१० पुगेका छन् । 

छैटौं अर्जेन्टिनामा १६ हजार ३३७ संक्रमित थपिएर १० लाख १८ हजार ९९९ पुगेका छन् । मृतक ३८४ थपिएर २७ हजार १०० पुगेका छन् । 

सातौं कोलम्बियामा ८ हजार २५६ जना संक्रमित थपिएर ९ लाख ७४ हजार १३९ जना पुगेका छन् । मृतक १७० थपिएर २९ हजार २७२ पुगेका छन् । 

आठौं फ्रान्समा २० हजार ४६८ संक्रमित थपिएर ९ लाख ३० हजार ७४५ पुगेका छन् । मृतक २६२ थपिएर ३३ हजार ८८५ जना पुगेका छन् । 

११ औं स्थानको बेलायतमा २१ हजार ३३१ जना संक्रमित थपिएर ७ लाख ६२ हजार ५४२ पुगेका छन् । मृतक २४१ थपिएर ४३ हजार ९६७ पुगेका छन् । 

१६ औं स्थानको इटालीमा १० हजार ८७४ संक्रमित थपिएर ४ लाख ३४ हजार ४४९ पुगेका छन् । मृतक ८९ थपिएर ३६ हजार ७०५ पुगेका छन् । 

३५ औं स्थानको नेपालमा संक्रमित ३ हजार ९३ थपिएर १ लाख ३९ हजार १२९ पुगेका छन् । मृतक ८ थपिएर ७६५ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ