arrow

खेलाडी सम्मानमा देउवा

logo
प्रकाशित २०७३ जेठ १८ मंगलबार
deuba-&-kheladi.jpg.jpeg
ललितपुर । ललितपुर जिल्ला कराते महासंघले आठौंदेखि ११ औं दक्षिण एसियाली खेलकुदमा विभिन्न पदक जित्न सफल ललितपुरका कराते खेलाडीलाई मंगलबार सम्मान गरेको छ । १२औं सागमा  कराते समावेश थिएन । आठौं र नवौं संस्करणका स्वर्ण विजेता दीपक श्रेष्ठ, आठौंका स्वर्ण विजेताहरु प्रीति डंगोल, रवि महर्जन, गंगाराम महर्जन तथा नीता राई सम्मानित भए । त्यस्तै ११ औंका क्रमशः स्वर्ण र रजत विजेता विनोद शाक्य र विनोद महर्जन तथा १० औंकी रजत विजेता अमृता शाक्य पनि सम्मानित भए । 
 
दोहोरो स्वर्ण विजेतालाई २० हजार, स्वर्णलाई १० हजार र रजतलाई ५ हजार नगदसहित प्रशंसा पत्र वितरण भएको थियो । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायतले उनीहरुलाई नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
 
सोही अवसरमा ललितपुरकै पूर्व खेलाडी तथा प्रशिक्षकहरु महेश जोशी, पुरेन्द्रविक्रम लाखे, गोपाल महर्जन, निवासगोपाल वैद्य, हीरासिंह डंगोल, मनोज न्याछ्यों, मीनकृष्ण महर्जन, नारायणदेव राणा तथा दिलेन्द्रगोविन्द वैद्य पनि सम्मानित भए । कार्यक्रममा कांग्रेस सभापति देउवाले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने खेलकुद क्षेत्रमा युवाहरुको आकर्षण बढ्दो क्रममा रहेको बताउदै युवाहरुलाई कुलतबाट टाढा राख्न खेलकुद एक उपयुक्त माध्यम भएको धारणा राखे । देउवाले खेलकुदलाई छुट्याएको बजेट कुल बजेटको एक प्रतिशत नहुनुले सरकारले खेलकुदलाई बेवास्ता गरेको बताउँदै यस विषयमा आफूले सरकारको ध्यानाकर्षण गराउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ